नेकपाले पार्टी पुनर्स्थापना दिवस मंसिर ८ मा भब्य मनाउने , आमजनतालाई सहभागी हुन आह्वान

नेकपाले पार्टी पुनर्स्थापना दिवस मंसिर ८ मा भब्य मनाउने , आमजनतालाई सहभागी हुन आह्वान

  • आइतवार, कार्तिक ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाण्डौं, ११ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले आगामी मंसिर ८ गते पार्टी पुनर्स्थापना दिवस भव्यरुपमा मनाउने भएको छ ।

१० वर्षे जनयुद्धको मर्मलाई मर्न नदिन तत्कालीन एमाओवादीलाई खबरदारी गर्दै नेता विप्लव र प्रकाण्डको पहलमा किरणको नेतृत्वमा नेकपा –माओवादी पुनर्गठन भएको थियो । पार्टी पुनर्गठनको दुई वर्ष बितिसक्दासमेत उक्त पार्टीले देश र जनहितको विषयमा ठोस कार्य गर्न नसकेको भन्दै नेकपा – माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा अध्यक्ष किरणलाई एक पत्र थमाउँदै सौहार्दपूर्ण रुपमा आपूmहरु एकीकृत जनक्रान्तिको कार्यदिशालाई पूरा गरेर छोड्ने प्रतिबद्धताका साथ बाहिरिएका नेता विप्लव, प्रकाण्ड र कन्चनले २०७१ मंसिर ८ गते नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरेका थिए ।

त्यही पार्टी पुनर्गठनको अवसर पारेर नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँमा एक विशाल जनसभा आयोजना गर्ने तयारी गरेको छ । यसबीचमा एकीकृत जनक्रान्तिको दिशामा अघि बढेको नेकपालाई धराशयी बनाउन कैयौँ षड्यन्त्रहरु समेत भए । उसको गतिविधिलाई गैरराजनीतिक भन्दै सरकारले दबाउन ठूलो षड्यन्त्र समेत ग¥यो । नेकपाका प्रवक्ता प्रकाण्डलगायत सैयौँ नेता, कार्यकर्तालाई गिरफ्तार गर्ने, शारीरिक र मानसिक यातना दिने, भूmठा मुद्दामा फसाउने प्रपञ्च गरियो ।

सरकारको यस्तो कदमको सर्वोच्च अदालत र आमजनताले अस्वीकार र विरोध गरेपछि पछाडि हट्न बाध्य भयो । अहिलेको देशको अवस्था हेर्दा एकीकृत जनक्रान्तिबिना समस्याको समाधान हुन सक्दैन भन्ने निष्कर्ष चौतर्फीरुपमा निस्कन थालेको छ ।

यस्तो अवस्थामा देशी, विदेशी प्रतिक्रियावादीहरुको षड्यन्त्रलाई चिर्न र एकीकृत जनक्रान्तिको कार्यदिशालाई घनिभूतरुपमा अगाडि बढाउन नेकपाले पार्टी पुनस्र्थापना दिवसको अवसर पारेर विशाल जनसभा आयोजना गर्न लागेको छ । सो जनसभालाई नेकपाका शीर्षस्थ नेताहरूले सम्बोधन गर्ने बुझिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ