रिहा लगत्तै नेकपाका नेता खड्काको घरमा प्रहरीले पक्राउ पूर्जी टास्यो, हिरासतमै रहेका खड्कालाई पक्रन तयार पारिएको थियो पूर्जी !

रिहा लगत्तै नेकपाका नेता खड्काको घरमा प्रहरीले पक्राउ पूर्जी टास्यो, हिरासतमै रहेका खड्कालाई पक्रन तयार पारिएको थियो पूर्जी !

  • शनिबार, कार्तिक १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 18.6K
    SHARES

काठमाण्डौं, १० कार्तिक ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा सल्यान इन्चार्ज चन्द्रबहादुर खड्का असलको सल्यान स्थित घरमा प्रहरीले पक्राउ पूर्जी टास गरेको छ ।
सर्वोच् अदालतको आदेशमा रिहा भएको भोलीपल्टै प्रहरीले सल्यान दारमा गाउँपालीका ५ मा रहेका खड्का घरमा वारेन्टनामा टासेको हो । कालिकोट जिल्ला अदालतबाट जारी भएको वारेन्टनामामा खड्कालाई ३० दिन भित्र अदालतमा उपस्थित हुन भनिएको छ । तर उक्त पूर्जी भने गत भदौ २४ गते नै जारी भएको हो । जतिवेला नेता खड्का प्रहरी हिरासतमै थिए।
उनलाई भदौ ५ गते पक्राउ गरिएको थियो ।
२०७५ साल भदौ २४ गतेको मितिमा जारी भएको उक्त पूर्जीमा लेखिएको छ, प्र.ना.नी. ढुण्डिराज अधिकारीको प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी तपाई समेत भएको बम बिष्फोट मुद्धाको अभियोग पत्र यस अदालतमा मिति २०७५÷ ५÷ २४ गते दर्ता भएकोले तपाईका नाममा यो ३० दिने समाहवान म्याद जारी गरि पठाईएको छ ।
यसअघि हिजो शुक्रवार खड्कालाई पुनः गिरफ्तार गर्न सवोच्च अदालत परिसर पुगेको प्रहरी अदालतको आदेशका कारण पछि हटेको थियो ।
कालिकोटमा बम विष्फोट मुद्धा दर्ता भएकोले पुन पक्राउ गर्ने भन्दै पक्राउ पूर्जी बोकेर आएको प्रहरी सर्वाेच्चले कालिकोटमा बम विष्फोट मुद्धा दर्ता भई यीनै निवेदक चन्द्र बहादुर खड्काका नाममा म्याद जारी समेत भईसकेको व्यहोरा लिखितम जवाफमा उल्लेख वारदात मिति र मुद्धा लगायतका तथ्य स्पष्ट नगरी गोलमटोल जवाफ दिईएकोले खड्कालाई थुनामुक्त गर्न आदेश दिएपछि फकिएको थियो ।
नेता खड्काको घरमा टाँसिएको म्यादपत्र स्थानियबासिले च्यातिदिएका छन । आफ्नो गाउँको नेतालाइ सरकारले पुर्वाग्रहि रुपले अनावश्यक दुःख दिएको भन्दै स्थानियबासिले पक्राउपुर्जी च्यातेका हुन ।
गत भदौ ५ गते धादिङको नौविसेबाट गिरफ्तार नेता खड्कालाई गैरकानूनीरुपमा थुनामा राखेको उल्लेख गर्दै दायर भएको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि शुक्रवार
न्यायधीसद्धय दिपकराज जोशी डम्बर बहादुर शाहीको संयुक्त ईजलासमा भएको बहसपछि रिहा गर्न आदेश दिएको थियो ।

लगत्तै उहाँलाई रिहा गरिएको थियो ।

 

सर्वोच्चको कठोर फैसला, पूर्जी बोकेर नेकपा नेता पक्राउ गर्न आएको प्रहरी अदालतको आदेश पढेपछि यसरी फर्कियो(पूर्णपाठसहित)

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ