‘कानून निर्माण नभएकाले जनअपेक्षाअनुसार काम हुन सकेन’

‘कानून निर्माण नभएकाले जनअपेक्षाअनुसार काम हुन सकेन’

  • शनिबार, कार्तिक १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

बुटवल, १० कात्तिक

प्रदेश नं– ५ का प्रमुख उमाकान्त झाले कानून निर्माण हुन नसकेको कारण प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताउनुभएको छ ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवलमा अत्याधुनिक १२८ स्लाइसको सिटी स्क्यान उपकरणको आज यहाँ उद्घाटन समारोहमा उहाँले प्रदेश सरकारमार्फत विकास निर्माणका काम तल्लो तहसम्म पुग्न सकेको छैन भन्नुभयो ।

प्रदेश प्रमुख झाले प्रदेश सरकारलाई ‘फङसनल’ बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिँदै सरकारको एकल प्रयासबाट मात्रै सबै काम सम्भव नहुने विचार राख्नुभयो ।
अस्पतालका अध्यक्ष एजाज आलमले गुणस्तरीय स्वास्थ्य सेवाका लागि अस्पताल अग्रसर भएको उल्लेख गर्दै अस्पतालको नयाँ उपकरणका लागि रोटरी क्लबसँग मिलेर पुनः नयाँ परियोजना ल्याउन लागेको जानकारी दिनुभयो ।

अस्पतालका निर्देशक तथा मुटु रोग विशेषज्ञ डा समिर गौतमले अत्याधुनिक सिटी स्क्यान उपकरणले जन्मजात मुटुको रोग सम्बन्धी समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास गर्दै एक्सरे भन्ने विकिरण प्रविधि नै सिटी स्क्यान उपकरण भएको बताउनुभयो ।

सो कार्यक्रममा प्रदेश नं ५ का प्रदेशसभा सदस्यद्वय दधिराम न्यौपाने, विष्णु पन्थी, नेकपा रुपन्देहीका सचिव निर्मल जिसी, बुटवल उप– महानगरपालिकाका प्रमुख शिव सुवेदी, तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, पत्रकार महासङ्घ रुपन्देहीका कार्यबाहक अध्यक्ष दिनेश पाण्डे, नेपाली काङ्ग्रेस बुटवलका नगर सभापति खेलराज पाण्डेले सिटी स्क्यान उपकरण बुटवल आएकोमा खुशी व्यक्त गर्नुभयो ।

रु सात करोडको लगानीमा भित्र्याइएको उक्त उपकरणबाट मुटु, बाहेक, मिर्गौला, फोक्सो, टाउको, घँुडालगायतका शरीरको विभिन्न अङ्गको सिटी स्क्यान गर्न मिल्ने बताइएको छ । रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको सहयोगमा उपकरण भित्रिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ