सत्तारुढ नेकपालाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयबिरुद्ध अदालत जानेः कट्टेल

सत्तारुढ नेकपालाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयबिरुद्ध अदालत जानेः कट्टेल

  • शनिबार, कार्तिक १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

१० कात्तिक, काठमाडौं । ऋषि कट्टेल नेतृत्वकाे नेपाल कम्युष्टि पार्टी सत्तारुढ नेकपालाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयबिरुद्ध अदालत जाने भएकाे छ । साे पार्टीका अध्यक्ष कट्टेलले अाज काठमाणडाैमा अायाेजित एक कार्यक्रममा दल दर्तासम्बन्धी ऐनको धज्जी उडाउँदै सरकारी शक्तिको आडमा नेकपा नाम कब्जा गर्न खोजिएकोले अदालत जाने बताए ।

कट्टेलले भने,’नाम फरक देखाउनको लागि ओली-प्रचण्डले कोष्ठभित्र (नेकपा) राख्नुभएको छ, त्यो सरासर गलत छ, यो जनतालाई भ्रममा पार्ने खेल पनि हो । जनता यसप्रति सजग हुनुपर्छ ।

उनले वैद्य र विप्लवसँग पार्टी एकता गर्ने घोषणा गरेका छन् । उनले भने,  ‘ओली-प्रचण्डजीहरु आफूलाई कम्युनिष्ट हौं भन्दै जनताका बीचमा जानुभयो, जनताले उहाँहरुलाई भोटपनि दिए । तर, ८ महिनामा दुईतिहाई सरकारका कामकारबाही जनताले हेरिसके । अबको विकल्पको रुपमा हामी उभिनेछौं ।’

उनले अघि भने, खासमा कम्युनिष्ट मुलधारमा आउनुपर्छ, मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लव र म एक ठाउँमा उभिएर नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाएर राख्नुपर्छ भन्नेमा छौं, हामी एक हुन्छौं ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ