काठमाण्डौ, ९ कार्तिक ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सल्यान ईन्चार्ज चन्द्रबहादुर खड्का असल रिहा हुनुभएको छ ।
गत भदौ ५ गते धादिङको नौविसेबाट गिरफ्तार नेता खड्का सर्वोच्च अदालतको आदेशमा आज ६७ दिनपछि रिहा भएका हुनुभएको हो ।
न्यायधिसद्धय दिपकराज जोशी र डम्बर बहादुर शाहीको संयुक्त ईजलासमा आज भएको बन्दिप्रत्यक्षीकरणको रिट निवेदनमाथि भएको बहस पछि खड्कालाई रिहा गर्न आदेश दिईएको थियो ।
न्यायाधीश दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज गैरकानूनीरुपमा थुनामा राखेको उल्लेख गर्दै सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहबरमा थुनामुक्त गर्न आदेश जारी गरेको हो ।
गैरकानूनीरुपमा थुनामा राखेको उल्लेख गर्दै खड्काका तर्फबाट दुर्गाप्रसाद जैसीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गर्नुभएको थियो । सोही निवेदनको सुनुवाइपछि खड्कालाई थुनामुक्त गर्न आदेश जारी भएको हो ।
आदेशमा भनिएको छ, “पर्याप्त आधार र प्रमाणको अभावमा निवेदकको संविधानप्रदत्त मौलिक हक एवं अन्य कानूनी हक प्रतिकूल हुने गरी थुनामा राख्नु कानूनसम्मत नदेखिँदा थुनामुक्त गर्नुपर्ने पर्छ ।”
यसअघि अदालतले गत असोज १५ गते नै लिखित जवाफ माग गर्दै तीन दिनभित्र खड्कालाई सर्वोच्च अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र मकवानपुर जिल्ला प्रहरी कार्यालयका नाममा आदेश जारी गरेको थियो ।
खड्कालाई प्रहरीले गत भदौ ५ गते काठमाडौँ आउँदै गर्दा धादिङको नौबिसेबाट पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेको दुई दिनपछि बुटवलको इलाका प्रहरी कार्यालय लगिएको थियो । सो अदालतले धरौटीमा खड्कालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
नेता खड्कालाई रुपन्देही जिल्लामा भएको बम विष्फोट गरेर क्षति पु¥याएको र मकवानपुरमा आगजनी गरेको आरोपमा सङ्गठिन अपराधमा मुद्दा दायर गरिएको थियो ।
बुटवलको भारतिय पेन्सन क्याम्पमा आगजनी गरेको आरोप लगाइएका उनलाइ संलग्न नभएको भन्दै अदालतले गरेको छाड्न गरेको आदेश लत्याउदै उनलाई फेरी पक्राउ गरी मकवानपुरको विष्पोटको घटनासंग जोडेर मकवापुर लगिएको थियो ।
यसअघि नेता खड्कालाई भदौ ५ गते काठमाडौँ जाँदै गर्दा धादिङको नौबिसेबाट सादा पोसाकका प्रहरीले गिरफ्तार गरी बुटवलको इलाका प्रहरी कार्यालय हिरासतमा राखेको थियो । उहाँलाई गिरफ्तार गरेको दुई दिनपछि मात्र बुद्ध एयरबाट बुटवल लगिएको थियो । नेता खड्कालाई बुटवलको एक भारतीय कार्यालय परिसरमा साउन २९ गते बम विस्फोट गरेर क्षति र्पुयाएको झूट्टा अभियोग लगाइएको थियो ।
रिहापछि उहाँलाइ समर्थक तथा नेकपाका कार्यकर्ताले स्वागत गर्दै खुशीयाली मनाएका छन । उहाँलार्इ काठमाण्डाैमा भव्य स्वागत समेत गरिएकाे छ । रिहाइपछि खड्कालाइ उहाँकी ६७ बर्षय अामा मोति खड्का ले अविर लगाएर स्वागत गर्नुभयाे । उहाँ छाेरालाइ रिहा गर्ने भएपछि अाजै लल्यानबाट काठमाणडाै अाउनु भएकाे िथयाे । खड्कालाइ स्वागत गर्दै उहाँले अाफ्नाे छाेराले देश र जनताकाे अधिकारकाे लागि अावाज उठाउदा सरकारले पक्राउ गरेर दुख दिएकाे तर अदालतले रिहा गरेर न्याय गरेेकाे प्रतिकृया दिनुभयाे ।
खड्कालाइ गिरफ्तारपछि शारिरिक तथा मानसिक यातना समेत दिइएकाे थियाे ।
हेर्नुहाेस भिडियाे र फाेटाेहरू ।
https://www.facebook.com/sirjanatimsina11/videos/2132656093716909/?t=2
https://www.facebook.com/sirjanatimsina11/videos/2132653517050500/?t=3





