सिपाहि भर्नामा रकम असुल्ने मेजरसहित १८० सैनिक कर्मचारी कारबाहीमा

सिपाहि भर्नामा रकम असुल्ने मेजरसहित १८० सैनिक कर्मचारी कारबाहीमा

  • शुक्रबार, कार्तिक ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाडौं, कार्तिक ९ । सिपाही भर्नामा सर्वसाधारणबाट मोटो रकम असुल्ने अधिकृतसहित करिब दुई सय सैनिक कर्मचारी कारबाहीमा परेका छन् ।

सेनामा जागिर लगाइदिने प्रलोभन देखाएर मोटो रकम असुलेको अभियोगमा मध्यपृतना मुख्यालय (हेटौंडा) मा कार्यरत सेनानी (मेजर) सहित १८० सैनिकमाथि ‘कोर्ट मार्सल’ गर्न लागिएको हो ।

कारबाहीमा परेकाहरु देशभरका पृतना, बाहिनी, शिक्षालय, गण, गुल्मलगायतमा कार्यरत छन् ।

मानवअधिकार उल्लंघन, बहुविवाह, चेन अफ कमाण्ड उल्लंघन, कार्यालय समयमा मादक पदार्थ सेवन गरेर अभद्र व्यवहार प्रदर्शन, लागू पदार्थ सेवन तथा ओसारपसारलगायत अभियोगमा पनि ठूलो संख्यामा अधिकृत, पदिक र अन्य दर्जाका कर्मचारीमाथि कोर्ट मार्सल गर्न लागिएको सैनिक मुख्यालयले जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले सैनिक अनुशासन विपरीतका गतिविधिमा संलग्नलाई लामो छानबिन तथा अनुसन्धानपछि कारबाही गर्न लागिएको पुष्टि गरे । –कारोबार दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ