सैनामैना व्यापार संघकाे अायाेजनामा तेस्रो राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला आज सुरु भएकाे छ । अाजदेखि १८ गते सम्म सैनामैना ४ मुर्गियामा मेला आयोजना हुने छ । स्थानीय उत्पादनको प्रचारप्रसार गरी सैनामैना नगरपालिकालाई व्यापार ग्राम बनाउने मेलाको लक्ष्य छ ।
व्यापार मेलामा २ सय १६ स्टलहरु रहेका छन् । तीनमा घरेलु तथा स्थानीय उत्पादन सहित बहुराष्ट्रिय कम्पनी,कृषि तथा दुग्घ जन्य पदार्थ,ऊनी तथा गलैँचा,तयारी पोशाक, अटोमोवाइल्स लगायत रहेका छन् ।
मेलामा आकर्षण बाल उद्यान, डुंगा पिङ,चर्पे पिङ लगायतका पिङहरु प्रदर्शनीमा राखिएकाे छ । मेलामा १० करोड बराबरको आर्थिक कारोबार तथा १ लाख दर्शक भित्र्याउने लक्ष्य लिइएको सैनामैना व्यापार संघका अध्यक्ष एवं मेलाका संयोजक जीवनाथ पाण्डेले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline