मैले सभापति या रामचन्द्र जसलाई गाली गरें भने ताली पाउँछु, तर त्याे गरेकेा छैनः प्रवक्ता शर्मा

मैले सभापति या रामचन्द्र जसलाई गाली गरें भने ताली पाउँछु, तर त्याे गरेकेा छैनः प्रवक्ता शर्मा

  • बिहिबार, कार्तिक ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 32.1K
    SHARES

काठमाडाैं, ८ कार्तिक ।  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले  पार्टी भित्रको आन्तरिक विवादले कार्यकर्तालाई निरास बनाएको बताउनु भएकाे छ ।  ताप्लेजुङमा पार्टी कार्यकर्तालाई सम्वोधन गर्दै शर्माले पार्टी प्रवत्ता भएर आफुले कुनै समुहको एकलौटी प्रचार नगरेको पनि दावी गर्नुभयाे ।

पार्टी भित्रको आन्तरिक विवादले कार्यकर्तालाई निरास बनाएको भन्दै जिल्लाका अगुवा कार्यकर्ताले गरेको गुनासोको जवाफ दिंदैं उहाँले भन्नुभयो, मैले त फुलका थुंगा उन्ने धागोको काम गरिरहेको छु ।  शर्माले थप्नुभयाे, ‘मैलेपनि सभापतिलाई गाली गरें भने ताली पाउँछु, रामचन्द्रलाई गालि गरे भने पनि ताली पाउछु, तर त्यो गर्ने पक्षमा छैन, यी दुवै थुंगालाई माला उन्ने धागोको भुमिका निर्बाह गरिरहेको छु ।’

आफु जसोजसो भएको छ, त्यो मात्रै भन्नकालागि प्रबत्ता नभएको शर्माको दावी थियो ।  नेपाल कम्युनिष्ट पार्टी आफुहरुले चाहेभन्दा चाँडै पतनको बाटोमा गएकाले माला उन्ने कामलाई तिब्रता दिने उनको भनाई थियो । काग्रेस रुपान्तरणमा ढिलो गर्न नहुने भन्दै प्रवक्ता शर्माले त्यो अभिारा आफुहरुले पुरागर्नेमा कार्यकर्तालाई विश्वास दिलाउने प्रयास गर्नुभयाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ