सत्तारुढ (नेकपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दै

सत्तारुढ (नेकपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दै

  • बिहिबार, कार्तिक ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौंँ, कात्तिक ८ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । हिजोका लागि बोलाइएको उक्त तयारी नपुगेको भन्दै आज विहानका लागि सारिएको हो ।

बैठकमा पार्टीको तल्लो निकायसम्मको एकता प्रक्रियालाई टुङ्गो लगाउनेगरी गृहकार्य अन्तिमचरणमा पुगेको भन्दै नेताहरूकै प्रस्तावमा बैठक सारिएको जानकारी दिइएको छ ।

प्रदेश, जिल्ला तथा अन्य कमिटीहरूको एकता प्रक्रियाका विषयमा छलफल गर्ने तयारी बैठकमा गरिएकाले त्यसको अन्तिम गृहकार्य भइरहेकाले बैठक आज सम्मका लागि सारिएको नेकपाले जनाएको छ । बैठक बिहीबार ११ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ ।

यसअघिको सचिवालय बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज तथा जिल्ला नेतृत्वका बारेमा निर्णय गरेको भए पनि बाँकी भ्रातृ सङ्गठनको एकता प्रक्रियाका विषयमा टुङ्गो लगाउन सकेको छैन ।

प्रदेश इन्चार्ज तथा सहइन्चार्जको निर्णयमा वरिष्ठ नेता माधवकुमार नेपालले असहमतिसहितको लिखित प्रस्ताव सचिवालयमा दर्ता गर्नुभएको थियो । तर प्रस्तावका बारेमा निर्णय गर्नु नपर्ने भन्दै सोमबार बसेको सचिवालय बैठकले टुङ्गो लगाएको थियो ।

पार्टी एकता घोषणा भएको पाँच महिना पूरा हुँदासमेत जनवर्गीय तथा अन्य भ्रातृ सङ्गठनको एकता प्रक्रियाले अन्तिमरुप लिन नसक्दा पार्टीका नेता तथा कार्यकर्ता तहबाटै नेतृत्वको आलोचना भइरहेको छ ।

पार्टीका तल्लो तहको एकता प्रक्रियाको गृहकार्य अन्तिमचरणमा पुगेकोले एकदिनका लागि बैठक सारिएको सचिवालय सदस्य वामदेव गौतमले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ