एनआईसी एसिया बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने

एनआईसी एसिया बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने

  • बुधबार, कार्तिक ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाडौं। एनआईसी एसिया बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । हजार दरका ४० लाख कित्ताले हुन आउने ४अर्बबराबरको ‘११ प्रतिसतको एनआईसी एसिया ऋणपत्र २०८५÷८६’ निष्कासनका निमित्त नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ ।

यसअघि बैंकले जारी गरेको १ अर्ब ८३ करोड रुपैयाँको ‘११ प्रतिसत एनआईसी एसिया ऋणपत्र २०८२÷८३’ सबै आवेदन प्राप्त भई बाँडफाँडसमेत भइसकेको बैंकले जनाएको छ । प्रस्तावित ११ प्रतिशत ब्याज भएको यस ऋणपत्र लगानीकर्र्ताका लागि उत्कृष्ट प्रतिफलसहितको दीर्घकालीन लगानीका लागि सुवर्ण अवसर भएको दाबी पनि बैंकले गरेको छ ।

उक्त ऋणपत्र निष्कासनसम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका प्रबन्ध निर्देशक छविराज पन्तले हस्ताक्षर गरेका छन् । ४ अर्बबराबरको ऋणपत्रमध्ये ८० प्रतिशत व्यक्तिगत र २० प्रतिशत सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतिपश्चात् निष्कासन तथा बिक्री खुला गरिने पनि बैंकले जनाएको छ । प्रस्तावित ऋणपत्र ११ प्रतिशत वार्षिक ब्याजदरले अर्धवार्षिक रूपमा ब्याज भुक्तानी गर्नेगरी १०वर्ष अवधिका लागि निष्कासन गर्न लागिएकोे हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ