वैदेशिक रोजगारमा गएका श्रमिकका लागि पेन्सन र लगानी कोषको व्यवस्था हुँदै

वैदेशिक रोजगारमा गएका श्रमिकका लागि पेन्सन र लगानी कोषको व्यवस्था हुँदै

  • बुधबार, कार्तिक ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं। वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षाका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पेन्सन र साना लगानी कोषको व्यवस्था गर्ने गरी तयारी गरेको छ ।

सरकारले कम आय भएका कामदारलाई स–साना परियोजनामा लगानी गर्ने संयन्त्रको विकास गर्ने गरी श्रम सचिव महेशप्रसाद दाहालको नेतृत्वमा एक अध्ययन कार्यदलसमेत गठन गरी काम सुरु गरिसकेको छ ।

कामदारको पेन्सन र लगानीका विषयमा कानुनी संयन्त्र बनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवको नेतृत्वमा राष्ट्र बैंकका डेपुटी गभर्नर, कर्मचारी सञ्चय कोषका प्रमुख, अर्थ मन्त्रालयका सहसचिव लगायत सम्मिलित कार्यदल बनिसकेको छ । सो कार्यदलले अन्तर्राष्ट्रिय अभ्यास, कानुनी सम्भावना र संरचना हेरेर काम अघि बढाउने तयारी गरेको छ । –कारोबार दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ