प्रचण्ड कमजोर बन्दै, ओली माधव नेपालको सहयोगमा साईजमा राख्ने रणनीति

प्रचण्ड कमजोर बन्दै, ओली माधव नेपालको सहयोगमा साईजमा राख्ने रणनीति

  • मङ्लबार, कार्तिक ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 22.9K
    SHARES

१० वर्षे शसस्त्र जनयुद्ध पछि शान्ति प्रकृया शुरु भए सगै पार्टी भित्र र बाहिर एक छत्र दवदवा बनाउदै आएका प्रचण्ड पछिल्लो समय कमजोर बन्दै गएका छन् ।
उनका हरेक भाषणहरु मिडियामा ठूला समाचार बनिरहन्थे । तर अहिले उनको हैसियत एमालेसगँ एकता गरेर दोस्रो तहको नेता भए पछि दिनानु दिन ओरालो लागेको देखिन्छ ।
कुनै न कुनै रुपमा पार्टी अध्यक्ष या प्रधानमन्त्री मध्य एउटा चाहिन्छ भन्दै एकता प्रकृया लम्ब्याए पछि त्यो उनले प्राप्त गर्न सकेनन् । उनी सिम्बोलिक रुपमा पार्टी अध्यक्ष भए पनि दुई अध्यक्षको व्यवस्थाका कारण उनको हैसियत दोस्रो नै हो र केपी ओली पहिलो ।
अहिले प्रचण्डले चाहेको बेला बैठक हुदैन, प्रचण्डले भनेको विषय निर्णय हुन्छ भन्ने छैन उहाको हैसियत पार्टी एकता पछि स्वतः दोस्रो भएका कारण बलियो रुपमा हेर्नु र ब्याख्या गर्नु किन पर्यो र ? नेकपा निकट एक नेताले भने ।
उनले प्रचण्डले लामो समय आफ्नै पार्टी भित्र पनि बाबुराम बैद्य जीहरुलाई प्रयोग गर्ने बानी परेको भन्दै अहिले पनि कहिले बामदेव कहिले माधव हुन सक्छ तर यस्तो खेल उहाको सफल हुदैन । ती नेताले दावी गरे ।
हालै रामवीर मानन्धरले संसदबाट राजीनामा दिने र वामदेव गौतमले सासद हुने कुरा अचानक प्रचण्डको समर्थनमा ओलीले सुईकै नपाई उठे पछि ओली प्रचण्डसगँ झस्किए ।
५४ सालमा पनि वामदेवले ओलीसगँकै झगडाका कारण पार्टी फुटाए पछि उनलाइ राम्रो नजरले हेर्र्दैन थिए । तर माधव नेपाललाई पार्टी अध्यक्ष हुन नदिन ओलीले गौतमसगँ भित्री सहमति गरे पछि ओली गौतम गठजोड भएको थियो ।
यही खेलको पासोमा अब प्रचण्ड पर्ने देखिदैछ । उनले बामदेव जाल हानेर गौतमलाई प्रधानमन्त्रीको लोभ देखाएर आफू पार्टी अध्यक्ष बन्ने चाल चालेको भनिए पनि सचिवालयको बैठकले रामवीरको राजीनामा स्वीकार नगरे पछि गौतम उधो न उभो भएका छन् ।
अनलाईन खबरमा प्रकाशित एउटा विष्लेषणका अनुसार ओलीले गौतमको उम्मेद्धारी र सासद हुने कुरा भारतको ईशारा र डिजाईनमा सम्म भन्न भ्याएका छन् ।
यसले अब वामदेवको दाउ पनि कमजोर भए पछि पार्टी भित्र प्रचण्ड गौतमलाई अझ साघुरो बनाउने प्रयत्न शुरु हुने देखिन्छ ।
यसको फल स्वरुप उत्तार चढापपूर्ण अभिव्यक्ति दिदै आएका माधव कुमार नेपालले आफ्नो असहमति पत्रमाथि छलफल हुदा सर्लक्कै ओलीको प्रस्तावमा सहमति जनाएको बुझिएको छ ।
यसले पनि ओली नेपाल एक हुने देखिन्छ । समाजवाद ल्याउन भन्दा पनि माओवादी काग्रेस मिल्यो भने पाच वर्ष सत्तामा जान पाईदैन भन्ने भयले माओवादीसगँ गठजोड गरेका थिए । अतः ओली नेपालले आफूहरु कमजोर हुने स्थिति देखा पर्न नदिन आपसी एकता गरेर प्रचण्ड र गौतमलाई साईजमा ल्याउने भित्री रणनीति अख्तियार गरेको बताईएको छ । यदी त्यसो भयो भने प्रचण्ड र गौतमको पल्ला थप कमजोर हुने स्पष्ट देखिन्छ । यसले प्रचण्ड युग ओरालो तर्फ लागेको स्पष्ट हुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ