डुबान समस्या समाधानका लागि संघीय सरकारसँग आग्रह गर्ने मुख्यमन्त्री राउतको प्रतिबद्धता

डुबान समस्या समाधानका लागि संघीय सरकारसँग आग्रह गर्ने मुख्यमन्त्री राउतको प्रतिबद्धता

  • सोमवार, कार्तिक ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भलुवाही खोलाका कारण हुने डुबानको समस्या समाधान गर्न प्रदेश सरकारले सङ्घीय सरकारलाई आग्रह गर्ने बताएका छन् ।

पर्साको जिराभवानी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिका बीचमा पर्ने भलुवाही खोलाको आज स्थलगत अनुगमनपछि मुख्यमन्त्री राउतले खोलाबाट उत्पन्न समस्या समाधान गर्न प्रदेश सरकारले तत्कालै पहल गर्ने प्रतिद्धता व्यक्त गरे ।

मुख्यमन्त्रीसँगै सो स्थानमा पुगेका प्रदेश नं २ का भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनलले खोलाले पारेको असर कम गर्ने उपाय खोज्न सिँचाइ विभागका प्रमुखलाई निर्देशन दिए ।

पर्साको सखुवा प्रसौनि गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका, जिराभवानी गाउँपालिका र जगरनाथ पुर गाउँपालिका भएर बग्ने भुलवाही खोलाका कारण वर्षायाममा एक दर्जन गाउँका एक हजारभन्दा बढी परिवार डुबानको समस्या खेप्ने गरेका छन् । प्रत्येक वर्ष खोलाले धार परिवर्तन गर्दा हजारौँ बिगाहा खेतीयोग्य जग्गा पुरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ