वामदेव गौतमको सिहंदरबार छिर्ने सपनाः उडायो सबै हुरीले

वामदेव गौतमको सिहंदरबार छिर्ने सपनाः उडायो सबै हुरीले

  • आइतवार, कार्तिक ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 17K
    SHARES

संसदीय राजनीतिमा खप्पीस मानिन्छन् पुर्व एमाले नेता वामदेव गौतम । उनी आफूलाई केन्द्रमा पार्ने गरी कुनै पनि नेता र राजनीतिक शक्तिसगँ तालमेल र झेल जे सुकै गर्न तयार हुन्छन् भन्ने उनका पुर्व सहकर्मिहरुको तर्क रहदै आएको छ ।
उनी यस पटक जेष्ठ ३ गते भएको एमाले माओवादी एकताका पनि महत्वपूर्ण पात्र हुन् भनिन्छ । त्यसैले उनले युद्धकालदेखि नै सम्बन्ध बनाएका पार्टी अध्यक्ष प्रचण्ड र अघिल्लो पार्टी महाधिवेशनमा गोप्य सहमति गरेर आफूलाई स्पेस लिन साथ दिएका केपी शर्मा ओली पनि आफ्नो पक्षमा हुन सक्ने आकलन गरेर डोल्पादेखि सासद हुने सपना देख्दै देख्दै काठमाण्डौं सात नं क्षेत्रमा आएर आशावादी भएका थिए ।
उनको प्रस्तावमा सात नं का सासद रामवीर मानन्धर राजीनामा दिन तयार रहेको भनेर पार्टीलाई पत्र पठाई पत्रकार सम्मेलन पनि गर्न भ्याएका थिए ।
तर यसको चौतर्फी आलोचना भयो । पहिलो आलोचना आखिर वामदेव नै सासद नभई नहुने किन ? उनलाई सासद बनाउन राज्यको करोडौ रुपैया खर्च गरेर उपनिर्वाचन गर्नु पर्ने किन ?
यी सबै प्रश्न जनस्तरबाट, अन्य राजनीतिक वृतबाट उठ्न थाले पछि र खास गरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलाई थाहै नदिई काठमाण्डौं सातको विषय आएको भन्दै असन्तुष्टी जनाए पछि वामदेवले उपनिर्वाचन लड्न अनिच्छा देखाएका थिए ।
यसै विषयलाई लिएर आज वालुवाटारमा बसेको पार्टी सचिवालयको बैठकले रामवीर मानन्धरले राजीनामा दिनु नपर्ने निर्णय औपचारीक रुपमा गरे पछि अब बामदेवको उपनिर्वाचन मार्फत सासद बन्ने सपना लगभग अन्त्य भएको छ ।
पटक पटक उपप्रधानमन्त्री भएका गौतम अब सासद हुन पाए ओली पछि प्रधानमन्त्री हुन सक्थे भन्ने मनशायले सिंहदरबार छिर्न खोजेको देखिन्छ ।
तर उनको यो बाटो तत्कालका लागि बन्द भएको छ । यसौ भनौ सिंहदरबारको दक्षिण ढोकामा बामदेवका लागि राजनीतिक ताल्चा लागेको छ । यसले वामदेवको भावी राजनीतिक यात्रा कस्तो रहला त्यो भने अहिले भन्न सकिन्न । तर अहिलेको परिस्थिति हेर्दा अब समानुपातिक या कुनै प्रकृयाबाट उनी सिहदरबार जाने र प्रधानमन्त्री बन्ने बिकल्प समाप्त भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी