करेन्ट लागेर बालकको मृत्यु

करेन्ट लागेर बालकको मृत्यु

  • आइतवार, कार्तिक ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

राजविराज, ४ कात्तिक ।  सप्तरीको राजगढ गाउँपालिका–३ कट्टीमा करेन्ट लागेर शनिबार साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १४ वर्षीय उमेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

आफ्नै फूलबारीमा पानी तान्ने मोटर चलाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरे पनि उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी