आठ महिने बालिकाको अपहरणपछि हत्याको आरोपी पक्राउ

आठ महिने बालिकाको अपहरणपछि हत्याको आरोपी पक्राउ

  • शनिबार, कार्तिक ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

महोत्तरीको औरही नगरपालिका १ का सन्तोष चौधरीकी  दुधे बालिकाको अपहरणपछि हत्याको आरोपीलाई प्रहरीले शनिबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भंगाहा नगरपालिका १ हर्तिसर्वा जमुनियाका २५ वर्षीय भरत साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी  ईश्वर कार्कीले जानकारी दिए।

उनलाई सुनसरी प्रहरीले ईनरूवास्थित भण्टावारीमा अटोरिक्सा चोरिरहेको अवस्थामा पक्राउ गरेको कार्कीले जानकारी दिए।

भण्टावारीस्थित प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक अवधलाल साहको टोलीले हत्याको आरोपी भरतलाई पक्राउ गरेको हो।

औरही नगरपालिकाको वडा नं १ स्थित औरही बजारमा किराना पसल चलाउँदै आएका चौधरीकी आठ महिने छोरी सोनालिकाको भदौ ९ गते आइतबार अपहरणपछि हत्या भएको थियो। सोमबार दिउँसो  उनको शव फेला परेको थियो।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ