ट्याक्ट्रर पल्टिँदा एकको मृत्यु

ट्याक्ट्रर पल्टिँदा एकको मृत्यु

  • शुक्रबार, कार्तिक २, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

कलैया, २ कात्तिक ।  नाच हेरेर मेलाबाट फर्किने क्रममा ट्याक्ट्रर पल्टिँदा एकजनाको मृत्यु भएको छ ।

ना४त ३५९१ नंको ट्याक्ट्रर पल्टिँदा आदर्श गाउँपालिका–३ का १६ वर्षीय बदन मुखियाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी दिनुभयो ।

ट्याक्ट्रर पल्टिँदा सोही ठाउँका कृष्णनन्दन घाइते भएको र उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । दशैँको अवसरमा चिउटाहामा लागेको मेलामा बतराका युवाहरु ट्याक्ट्रर चढेर नाच हेर्न आएका थिए । तीव्रगतिका कारण ट्याक्ट्ररको दुर्घटना हुन सक्ने अनुमान प्रहरीको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ