दशैंका अवसरमा सामूहिक भोज

दशैंका अवसरमा सामूहिक भोज

  • बिहिबार, कार्तिक १, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

बलेवा, १ कात्तिक ।  दशैंका बेला घरघरमा खसी काट्ने परम्परा अन्त्य गर्ने उद्देश्यका साथ जैमिनी नगरपालिका–१ जलुकेनी, अर्खलापाटाका २० परिवारले सामूहिक खसी काटेर दशैं भोज गरेका छन् । 

सबैको घरमा खसी काटेर दशैं मनाउने अवस्था थियो, यसले हुनेखाने र हुँदाखानेको बीचको दशैं फरक हुने भएकाले यसको अन्त्यका लागि यहाँका युवाहरुको सक्रियतामा २० परिवारका लागि एकै ठाउँमा सामूहिक भोजको आयोजना गरिएको हो ।

गाउँका सबैलाई दशैंको महसूस गराउनका लागि यो कार्यक्रमको आयोजना गरीएको बताइएको छ । बीस परिवारका लागि एउटा खसी काटेर सबै सदस्यलाई खानपिनको व्यवस्था मिलाएको छ ।

“पछिल्लो समय दशैंको नाममा अत्याधिक खर्च गर्ने प्रवृत्तिको विकास हुँदै आएको छ” जैमिनी–१ अर्खलापाटाका रविन्द्र शर्माले भन्नुभयो “दशैंलाई सबैको साझा र उल्लासमय पर्वको रुपमा विकास गर्नका लागि सामूहिक भोजको आयोजना गरीएको हो ।”

सबैलाई पायक पर्ने बारीको पाटामा सेल रोटी पकाएर खसीको मासुसँग सबैलाई भोजन गराएर शुभकामना आदानप्रदान गरी मनाइएको सामूहिक भोजमा वृद्धवृद्धादेखि बालबालिकासम्मको सहभागीता थियो ।

“कोही कामको खोजिमा विदेशिएका छन्, त कोहि स्वदेशका विभिन्न ठाउँ तथा कोहि गाउँघरमा नै खेती किसानी गरेर बसेका छन्” अर्खलापाटकै पवन आचार्यले भन्नुभयो “एकै गाउँका दाजुभाईको बीचमा चिनजानसमेत नहँुने वातावराण बन्दै गएपछि सामूहिक भोज गर्दा चिनजान गर्ने अवसर पनि पाइएको छ । ”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ