मलमला मन्दिर धार्मिक पर्यटनको गन्तव्य बन्दै

मलमला मन्दिर धार्मिक पर्यटनको गन्तव्य बन्दै

  • बिहिबार, कार्तिक १, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

बुटवल, १ कात्तिक । रुपन्देही सैनामैना नगरपालिका–६ स्थित मलमला देवी मन्दिर धार्मिक पर्यटनका लागि प्रमुख आर्कषक गन्तव्यका रूपमा विकास हुन थालेको छ ।

मन्दिरमा पूजाअर्चना गर्न दिनप्रतिदिन भक्तजनको भीड बढ्दै गएपछि यसको व्यवस्थित विकास तथा विस्तारका लागि मलमला एकिकृत विकास कार्यक्रम तर्जुमा गरिएको अध्यक्ष गुणाखर भट्टराइले जानकारी दिनुभयो ।

ऐतिहासिक तथा पुरातात्विक सो मन्दिरका लागि १० वर्षे कार्ययोजना निर्माण गरिएको र त्यसका लागि रु. तीन करोड ५० लाख बरावरको लागत अनुमान गरिएको छ ।

हामी मन्दिरलाई आकर्षक धार्मिक पर्यटनका रूपमा विकास गर्न चाहन्छौँ’ अध्यक्ष भट्टराइले भन्नुभयो । कार्ययोजनाअनुसार मन्दिर जानका लागि कालोपत्रे गरेको सडक, धर्मशाला, गणेश मन्दिर, चुरे पार्क, भ्यू टावर निर्माण, आदीवासी संग्रहालय निर्माणलगायतका काम सम्पन्न हुन लागेको पनि उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष भट्टराइले मन्दिरलाई कपिलवस्तुको तिलौराकोट र लुम्विनीसँग जोडेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य भएको उल्लेख गर्दै रुपन्देहीका अन्य विभिन्न मन्दिरलाई पनि धार्मिक पर्यटनको रूपमा विकास गर्न सकिने बताउनुभयो ।

कार्ययोजनामा खानेपानी, शौचालय र फोहर व्यवस्थापनलाई पनि जोड दिइएको छ । करिव २०० वर्षअघि सो क्षेत्रमा जनावरले स्थानीयलाई धेरै सताएको र त्यसबाट बच्नका लागि तत्कालिन आदिवासी थारु समुदायले मलमलको (न्यानो) कपडामा चामल बाधेर त्यस ठाँउमा चढाउने गरेको र त्यसपछि ती जंगली जनावरको आक्रमण अन्त्य भएको र मलमलको नाम अप्रभंस भइ मलमलाको मन्दिरको रूपमा स्थापित भएको बताइएको छ ।

दुर्गा मन्दिरको रूपमा स्थापित भएको मलमला मन्दिरमा खास गरी दशैंमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ