तीन महिनाका लागि टेलिकमका २२ अफर

तीन महिनाका लागि टेलिकमका २२ अफर

  • सोमवार, अशोज २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

काठमाडौँ, २९ असोज . नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आजदेखि अटम अफरअन्तर्गत विभिन्न २२ अफर उपलब्ध गराएको छ । आफ्ना ग्राहकलाई कम शुल्कमा बढी सुविधा दिन ह्याप्पी विकेन्ड प्याक, अल टाइम डाटा प्याक, नाइट टाइम भोलुमबेस्ड डाटा प्याक, अनलिमिटेड नाइट टाइम डाटा प्याक, अल टाइम सोसल मिडिया डाटा प्याक, अलटाइम डाटा स्ट्रिमिङ प्याक, अलटाइम फोरजी डाटा प्याक ल्याइएको टेलिकमले जनाएको छ ।

जिएसएम थ्रिजी÷फोरजी एक जीवी प्रतिदिन डाटा प्याक, अलटाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, सियुजी प्याकेज, भिडियो र टिभी प्रतिघण्टा प्याक, एसएमएस प्याक, एफटिटिएच व्यक्तिगत प्याकेज, एफटिटिएच व्यक्तिगत प्याकेज, एडिएसएल भोलुम प्याक, एडिएसएल अनलिमिटेड प्याक, एक घन्टा अनलिमिटेड प्याक, विद्यार्थी अफर, इन्डिया कल अफर, मिस्डकल अलर्ट र एफटिटिएचमा निःशुल्क भ्वाइसअफर उपलब्ध गराएको हो ।

यी अफर प्राप्त गर्न १४१५ मा डायल गर्नुपर्ने टेलिकमले जनाएको छ । उक्त अफर आगामी पुस २८ गतेसम्म लिन सकिने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ