अबदेखि डिकी एवं छतभित्र पशुपक्षी ढुवानी गरे कारवाही हुने

अबदेखि डिकी एवं छतभित्र पशुपक्षी ढुवानी गरे कारवाही हुने

  • शनिबार, अशोज २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

काठमाडौँ, २७ असोज ।
पशुसेवा विभागले पशुसेवा ऐन २०५५, नियमावली २०५६ तथा पशु ढुवानी मापदण्ड २०६४ पालना गर्न व्यवसायीसँग आग्रह गरेको छ ।

पशुपक्षीलाई यात्रुबाहक सार्वजनिक सवारी साधनका छत वा डिकीभित्र राखी ढुवानी गरे कार्वाहि गर्ने चेतावनी दिएको छ । यस्ता कार्य गरिए तीन महीना कैद र रू पाँच हजार जरिवाना हुने प्रावधान छ ।

उक्त मापदण्डमा पशुपक्षी ढुवानी गर्दा उनीहरुलाई याताना हुनेगरी नाकमा डोरी लगाउने, पुच्छर वा खुट्टा बाध्ने, क्षमताभन्दा बढी पशु राख्ने, साना तथा ठूला पशुलाई एकै ठाउँमा राखी ढुवानी गर्ने जस्ता गतिविधिमा प्रतिबन्ध लगाइएको छ ।

रोगी तथा घाइते वा मरेका पशुलाई व्यावसायिक प्रयोजनका लागि ढुवानी गर्न नहुने, ढुवानी गर्दा मरेका पशुपक्षीलाई निसङ्क्रमणको विधि अपनाइ गहिरो खाडलमा व्यवस्थापन गर्नुपर्ने प्रावधान पनि मापदण्डमा उल्लेख छ ।

विशेषगरी बडादशैँको पर्वमा मासुका लागि खसी, बोका, भेडा, च्याङ्ग्रा, राँगा, भैँसी, हाँस, कुखुराजस्ता पशु–पक्षी बढी ढुवानी हुने गर्दछ । एक तथ्याङ्का अनुसार काठमाडाँै उपत्यकाभित्र मात्र वर्षेनी पाँच अर्बभन्दा बढी मासु खपत हुने गर्दछ ।

देशभित्र उत्पादित पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री एक जिल्लाबाट अर्काे जिल्लामा ओसारपसार गर्दा अनिवार्य उत्पत्तिकोे प्रमाणपत्र, दर्तावाल पशुचिकित्सकबाट जारी भेटेनरी प्रमाणपत्र साथमा राख्न, बाह्य मुलुकबाट पशु–पक्षी तथा उत्पादनका सामग्री आयात–निर्यात गर्दा क्वारेन्टाइन चेकपोष्टमा जाँच गराई प्रमाणपत्र लिन पनि विभागले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ