सत्तारुढ नेकपाभित्रको विवादका कारण सचिवालय बैठक नै अनिश्चत

सत्तारुढ नेकपाभित्रको विवादका कारण सचिवालय बैठक नै अनिश्चत

  • शुक्रबार, अशोज २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौं, २६ असोज ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक बिबादका कारण सचिवालय बैठक नै अनिश्चित बनेको छ ।

तत्कालिन एमाले र माओवादी केन्द्रिबीचको पार्टी एकतापछि प्रदेश इन्चार्ज, सहइन्चार्ज, प्रदेश कमिटी अध्यक्ष र सचिव छनोटबाट सुरु विवादका कारण अहिले बैठक नै प्रभावित हुन थालेको हो ।

विवाद समाधानका लागि स्थायी कमिटी बैठक बोलाउन आग्रह गरेपनि दशैं अघि सम्भव नरहेको भन्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले आलटाल गरेको नेताहरुले आरोप लगाएक छन् ।

प्रदेश पदाधिकारी छनोटका क्रममा एकलौटी गरेको भन्दै असन्तुष्ट बरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयमा पत्र नै दर्ता गराउनुभएको छ भने प्रवक्ता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाउनु भएको छ ।

यद्यपी नेता नेपालको पत्रमाथि कुनै छलफल भएको छैन । नेताहरुको कार्यव्यस्तताको कारण देखाउदै बारम्बार स्थगित सचिवालय बैठक भोलीका लागि बोलाईएपनि बस्ने निश्चित नभएको नेताहरुको भनाई छ ।

बरिष्ठ नेता झलनाथ खनालले पार्टी भित्र असन्तुष्टि चुलिएको स्वीकार गर्दै तत्काल स्थायी समिति बैठक बोलाएर समाधान खोज्न आग्रह गर्नुभयो ।

पार्टी बिधि र सिद्धान्तअनुसार चल्न नसकेको बताउदै उहाँले नेताकार्यकर्ताको सम्मान भएन भने पार्टी बलियो नबन्ने तर्क गर्नुभयो ।

तात्कालिन नेकपा र माओवादी केन्द्रबीच एकीकरण भएको ५ महिना हुँदा समेत तल्लो तहका कमिटीको एकीकरण टुङग्याउन नसक्नु दुखद भएको उहाँको टिप्पणी थियो ।

सरकारको कामकारवाही प्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले त्यसमाथि समेत समीक्षा आवश्यक रहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ