नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दिपेश राई रिहा

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दिपेश राई रिहा

  • मङ्लबार, अशोज २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 38.8K
    SHARES

२३ असोज, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दिपेश राई रिहा भएका छन् । नेकपाका सगरमाथा ब्यूरो ईन्चार्जसमेत रहेका राईलाई संखुवासभा जिल्ला अदालतको आदेशमा मंगलबार रिहा भएका हुन् ।

नेता राईलाई गएको साउन २९ गते सुनसरीको धरानबाट गिरफ्तार गरेको थियो । राईलाई असोज १८ गते उदयपुर जिल्ला अदालतले रिहा गरेलगत्तै पुनः गिरफ्तार गरी संखुवासभा लगिएको थियो । उनलाई मंगलबार अदालतको आदेशमा रिहा भएका हुन् ।

यसअघि राईलाई भाद्र २१ गते सुनसरी जिल्ला अदालतले रिहा गर्न आदेश दिइएकोमा भोलिपल्ट २२ गते पुनः गिरफ्तार गरी उदयपुर लगिएको थियो । त्यहाँ ‘विष्फोटक पदार्थ’ र ‘ज्यान मार्ने उद्योग’मा मुद्दा चलाइएको थियो । त्यसमा उदयपुर जिल्ला अदालतले यही असोज १८ मा रिहाई गर्न आदेश दिए पनि लगत्तै पुनः गिरफ्तार गरी संखुवसभा पुरयाइएको थियो ।

त्यस्तै विराटनगर उच्च अदालतको आदेशमा सोमबार झापा ईन्चार्ज सौगात, सेक्रेटरी सुमनसिंह पौडेल र मजदुर नेता चमनलाल पनि रिहा भएका छन् । गएको भदौ १२ गते मध्यराति इलामबाट तीन नेतासहित १२ जनालाई प्रहरीले गिरफ्तार गरी हिरासतमा राख्दै आएको थियो । उनीहरु ४१ दिनपछि हिजो भएका छन् । बाँकी अन्य नेता कार्यकर्ता प्रशान्त, सुबास, चमनलाल, संजय, सेसेहाङ्ग, भिम, सुरेन्द्र , चित्र, मोहन बराल भने गत हप्ता रिहा भइसकेका छन् ।

रिहाई भएका नेताहरुले सरकारले आफूहरुलाई झुठा मुद्दामा फसाउने खोजेको भन्दै आपत्ति जनाउँदै त्यस्ता हर्कत तत्काल रोक्न सरकारसँग माग गरेका छन् । रिहाईको लागि पहल गर्ने सबै पक्षलाई धन्यवाद दिएका छन् । साथै नेकपामा आवद्ध रहेर देश र जनताको न्याय र मुक्तिको पक्षमा सधैं दृढतापूर्वक लागिरहने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

देशभरका हिरासत जेलमा बन्दी बनाई राखिएका  सम्पूर्ण नेता कार्यकर्ताहरुलाई बिनासर्त तत्काल रिहा गर्न माग समेत गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ