भारतको हरियाणामा नेपाली महिलाको रहस्यमय मृत्यु

भारतको हरियाणामा नेपाली महिलाको रहस्यमय मृत्यु

  • सोमवार, अशोज २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 25.1K
    SHARES

हरियाडा ।

भारतको हरियाणा राज्यमा एक नेपाली महिलाको रहस्यमय मृत्यु भएको छ । हरीयाणा राज्यको गुरुग्रामको पालम बिहार सेक्टर २३ ‘ए’ बल्कमा बस्दै आएकी गुल्मी छापाचौरकी सर्मिला विक हिजो झुण्डिएको अवस्थामा भेटिनुभएको हो । रोजगारीकै शीलशीलामा विक परिवारसहित पालममै बस्दै आउनुभएको थियो ।

३६ बर्षिय विक सामान्य रुखको पेदमा दुपट्टामा झुण्डिएर आत्महत्या गरेको जस्तो देखिएको छ । तर प्रवासी नेपाली जनसमाज भारत दिल्ली राज्य समिति सदस्य गुडगावकक नगर समिति अध्यक्ष विपना शाहीले भने विकको हत्या भएको जस्तो देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ मृतकको अवस्था हेर्दा आत्माहत्या हैन मारिएको जस्तो लाग्छ ।’ जनसमाजले मृतक विकप्रति एक मिनेट मौन धारण गरेका थिए । जनसमाजले मृतक परिवारलाई आर्थिक, नैतिक र भौतिक सहयोग गरेको जनसमाज भारतका दीपेन्द्र ऐरीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी