नेकपाका नेतालाई हिरासतमा किन दिइयो हड्डी मक्किने सुई लगाउने धम्की ?

नेकपाका नेतालाई हिरासतमा किन दिइयो हड्डी मक्किने सुई लगाउने धम्की ?

राज्यले मानवअधिकारको ठाडो उल्लंघन गरिरहेको नेता राईको भनाई

  • आइतवार, अशोज २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 34.6K
    SHARES

२१ असोज, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई सरकारले गिरफ्तार गर्ने, हिरासत थुनामा राख्ने र झुठा मुद्दा लगाउन गरिएको समाचारहरु प्रशस्तै सुन्न र पढ्न देख्न पाइन्छ । उसको राजनीतिक खुला र शान्तिपूर्ण कार्यक्रममाथि धरपकड, दमन र हिरासतभित्रै रहेको अवस्था चरम रुपमा शारीरिक र मानसिक यातना दिइएको घटनाहरु पनि नसुनेका हैनन् ।

तर नेकपाका नेता कार्यकर्तामाथि सरकारले दमन यतिमा मात्र सीमित राखेको पाइँदैन । नियन्त्रणमा लिई अभियोग लगाएर हिरासतमा राखिएका जिम्मेवार नेतालाई प्रहरीले गम्भीर मानवअधिकार उल्लंघनको धम्की दिएको पाइएको छ । ९८ दिन लामो प्रहरी हिरासतमा रहेर रिहाई असोज १९ गते सर्वोच्च अदालतको आदेशमा रिहा भएका नेकपा नेता एवं पोलिट ब्यूरो सदस्य पदमबहादुर राई ‘विकास’ले मानवअधिकार उल्लंघनको एउटा गम्भीर अवस्थालाई खुलस्त गरेका छन् । उनलाई हिरासतमा रहँदा प्रहरी अधिकृतले ज्यान लिने सुई लगाउने र शरीरका अ‌ंग बिगारिदिनेसम्मनको धम्की दिएकाे घटना बाहिर अाएको छ ।

गएको असार १६ गते काठमाडौंको नेपालटारस्थित ग्रामीण आदर्श विद्यालयबाट खुला कार्यक्रम गरिरहेको अवस्था गिरफ्तारपछि मोरङ, त्यहाँबाट विराटनगर उच्च अदालतको आदेश रिहाभएपछि लगत्तै संखुवासभा लगिएको थियो । संखुवासभा मात्र ५७ दिन हिरासतमा राखियो । त्यहाँ राईलाई भारतीय कम्पनीलाई ठेक्का दिइएको अरुण तेस्रो जलविद्युत आयोजनास्थलमा बम विष्फोट र आगजनी गराई ‘संगठित अपराध’को कसुर गरेको अभियोगमा मद्दा चलाइयो । हो, त्यही संखुवासभा जिल्ला प्रहरीको हिरासतमा रहेको बेला ईन्स्पेक्टर (नाम गोप्य)ले राईलाई ‘अहिले कहाँ छ भन्ने त थाहा छ नि’ भन्दै रातिको समयमा बयान लिँदा धम्कीको भाषा प्रयोग गरेको राईले बताए । जवाफमा म नेपालभित्र आफ्नो मातृभूमि र माटोमा छ भन्ने प्रष्ट थाहा भनेको स्मरण सुनाए । करकापमा बयान दिन नलगाउन पनि उनले प्रहरी अधिकृतहरुलाई आफूले भनेको कुरा पनि सम्झिए ।

त्यही मेसोमा उनी ईन्सपेक्टर (निरीक्षक)ले ‘तपाई कहाँ हुनुहुुन्छ ? कहाँलाई कहाँ ल्याइएको छ ? भन्ने बुझेकै होला, अब समय धेरै छैन’ भनेको कुरा सम्झिँदै नेता राईले भने ‘तपाईलाई हड्डी मक्किने सुई दिने माथिको आदेश छ, दुःख नमान्नुहोला । २२ दिन पछिबाट शरीरको सबै हाड मक्किन शुरु हुन्छ । कुरा बुझ्नुस भनेर त्यो ईन्पेक्टरले धम्की दिएको अहिले झलझली सम्झिम्छु ।’ राईले भने ‘नेतालाई त यस्तो धम्की दिनेले कार्यकर्तालाई के गरे होलान् ? सहजै अनुमान लगाउन सकिन्छ ।’

शुक्रबार नेकपाका अर्का पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनसँगै रिहाभएपछि सोही दिन बेलुका माइतीघर मण्डलामा आयोजित बन्दी स्वागत तथा मन्तव्य कार्यक्रममा बोल्दै नेता राईले हिरासतभित्र आफूले सरकारबाट भोग्नुपरेको दबाब र त्रास अनि धम्कीको फेहरिस्ता सार्वजनिक गरे । यसबाट नागरिकले बाँच्न पाउने मानवअधिकारको ठाडो उल्लंघन सरकारले गरिरहेको बताउँदै हिरासत र कारागारहरुको अनुगमन गर्न राष्ट्रिय मानवअधिकार आयोगलगाय सरोकारवाला पक्षहरुसँग आग्रह गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ