वातावरणलाई स्वच्छ बनाउने अभियान चलाउन राष्ट्रपति भण्डारीको आह्वान

वातावरणलाई स्वच्छ बनाउने अभियान चलाउन राष्ट्रपति भण्डारीको आह्वान

  • आइतवार, अशोज २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

२१ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरणलाई स्वच्छ बनाउने अभियान चलाउन सबैसँग आह्वान गर्नुभएको छ ।

वातावरण विभागले आज काठमाडौंमा गरेको वातावरण सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रकृतिसँग वातावरण जोडिएको र यससँगै मानिसको जीवनसमेत गाँसिएकोले वातावरणलाई स्वच्छ बनाउने अभियान चलाउनुपर्ने बताउनु भयो ।

वनजंगलको संरक्षण गर्दै जलवायु परिवर्तनबाट पर्ने प्रभावलाई समेत न्यूनीकरण गरेर जाने ढंगबाट काम थाल्न उहाँको आग्रह छ ।

वातावरण संरक्षणलाई प्रदूषणसँग जोडेर त्यहाँबाट उठ्ने करलाई वातावरण संरक्षणमा लगाउन उहाँले सरकारलाई सुझाव दिनुभयो ।

कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले स्थानीय तह र प्रदेशमा समेत वातावरण स्वच्छ बनाउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।

सम्मेलनमा स्थानीय तथा प्रदेश तहका जनप्रतिनिधि र वातावरणविद्हरु सहभागी छन् ।

स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको अधिकारलाई सुरक्षित गर्न भन्दै इसिमोडको सहयोगमा वातावरण सम्मेलन गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ