निर्मला पन्तको बलात्कारपछि हत्या घटनाकाे अनुसन्धानमा लापरबाही गर्ने थप ५ प्रहरी निलम्बनमा

निर्मला पन्तको बलात्कारपछि हत्या घटनाकाे अनुसन्धानमा लापरबाही गर्ने थप ५ प्रहरी निलम्बनमा

  • आइतवार, अशोज २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाकाे अनुसन्धानमा लापरबाही गर्ने थप ५ प्रहरी निलम्बनमा परेका छन् । सिआइबीका डिएसपी अंगुर जिसीसहित थप प्रहरीलाई गृह मन्त्रालयले निलम्बन गर्ने निर्णय गरेको हो ।

सहसचिव हरिप्रसाद मैनाली संयोजकत्वको छानबिन समितिको प्रतिवेदनका आधारमा जिसीसहित डिएसपी ज्ञानबहादुर सेठी, इन्सपेक्टर एकेन्द्र खड्का र जगदिश भट्ट तथा असई रामसिंह धामीलाई निलम्बन गर्ने निर्णय गरेकाे हो ।

पन्तको हत्यामा नक्कली अभियुक्त खडा गरेको पुष्टि भएपछि उनीहरुलाई निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अघि बढाइएको हो । एसपी डिल्लीराज बिष्ट तीन साताअघि नै निलम्बनमा परिसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ