नेकपा धनुषाका ईन्चार्ज र सेक्रेटरी गिरफ्तार

नेकपा धनुषाका ईन्चार्ज र सेक्रेटरी गिरफ्तार

  • बिहिबार, अशोज १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

१८ असोज, काठमाडौं ।

सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामाथि माथि दमन र गिरफ्तार कार्यलाई झनै तीव्रता दिएको छ । शान्तिपूर्ण र खुला कार्यक्रम गर्दै हिँडिरहेका बेला नेता र कार्यकर्तालाई आजै मात्र गिरफ्तार गरेको छ ।

प्राप्त समाचार अनुसार बिहीबार दिउँसो नेकपा धनुषा जिल्ला इन्चार्ज राजु कार्की र जिल्ला सेक्रेटरी अमर क्षेत्रीलाई धनुषाबाट गिरफ्तार गरेको छ । गिरफ्तारपछि कार्की र क्षेत्रीको अवस्था अज्ञात बनाइएको छ ।

नेताद्वय कार्की र क्षेत्रीको अवस्था तत्काल सार्वजनिक गर्न र अविलम्ब रिहाई गर्न नेकपा जनकपुर ब्युरोले जोडदार माग गरेको छ ।
ब्यूरोले बिना कारण आफ्ना नेताहरुलाई गिरफ्तार गरेको भन्दै आपत्ति जनाएको छ । निसर्त रिहा गर्न माग गर्दै रिहा सरकारले नेकपामाथिको दमन नरोके कडा संघर्षको घाषणा गर्न बाध्य हुने चेतावनी पनि ब्यूरोले दिएको छ । कार्की यसअघि लामो समय हिरासतमा रहेर केही हप्ताअघि मात्र रिहा भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ