नेविसंघको १२औं महाधिवेशन अनिश्चित, संस्थापन पक्ष महाधिवेशन टार्ने पक्षमा रहेको आरोप

नेविसंघको १२औं महाधिवेशन अनिश्चित, संस्थापन पक्ष महाधिवेशन टार्ने पक्षमा रहेको आरोप

  • बिहिबार, अशोज १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं, असोज १८ ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अनिश्चित बन्दै गएको छ ।
पार्टीको नेविसंघ हेर्ने समितिले विधान र नियमावली पारित नगर्दा महाधिवेशन अनिश्चित बन्दै गएको हो ।

अघिल्लो महिना सम्पन्न नेविसंघको केन्द्रीय समितिको बैठकले ११औं महाधिवेशनमा लगाइएको ३२ वर्षे उमेरहद हटाउने प्रस्तावसहित विधान र नियमावली पार्टीलाई बुझाएको थियो ।

उक्त संघको वर्तमान कार्यसमितिको म्याद भदौ २ गते सकिएकाले पार्टीले तीन महीनाभित्र निर्वाचन सम्पन्न गर्न निर्देशन दिएबमोजिम आगामी मंसिर २ गते म्याद सकिँदैछ ।

पार्टीबाट विधान र नियमावली अनुमोदन भएपछि असोज ७ गते देशभरका माध्यामिक विद्यालय र क्याम्पसमा अधिवेशन, असोज १२ मा सबै स्थानीय तहमा अधिवेशन, असोज १५ मा क्षेत्र अधिवेशन, असोज २१ मा ७७ वटै जिल्लाको अधिवेशन, असोज २३ मा उपत्यकाभित्रका क्याम्पस अधिवेशन, कात्तिक १० र ११ मा सातै प्रदेशको अधिवेशन र कात्तिक १६ देखि १८ सम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने समयतालिका पार्टीलाई बुझाएको थियो ।

नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले निर्देशन समितिले दिएको निर्देशनअनुसार नै समयतालिका, विधान र नियमावली निर्देशन समितिलाई बुझाउँदा पनि निर्वाचन टार्ने खेल भइरहेको बताउनु भयो ।

संस्थापन पक्ष ३२ वर्ष उमेर हदको कारण देखाएर महाधिवेशन टार्ने पक्षमा देखिएको उहाँको भनाई छ ।
पछिल्लो समय अन्य भातृ सङ्गठन आफ्नो समूहबाट पराजित हुँदै गएपछि संस्थापन पक्ष निर्वाचन गर्ने पक्षमा नरहेको उहाँले बताउनु भयो ।

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा लोकतान्त्रिक फोरमबाट काङ्ग्रेसमा प्रवेश गरेका विजयकुमार गच्छदार समूहसँगै नेविसंघमा एक महामन्त्रीसहित १५ केन्द्रीय सदस्य विस्तार गरेपछि चर्काचर्की भएको छ ।

उता नेविसंघका कोषाध्यक्ष शिव रिमालले निर्देशन समितिले गरेको आलटालका कारण तोकिएकै समयमा निर्वाचन नहुने आशङ्का बढेको बताउनु भयो ।

निर्देशन समितिका सदस्य एवं कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले अब बस्ने केन्द्रीय समिति बैठकमा नेविसंघको विधान र नियमावलीबारे छलफल हुने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ