नेकपाका नेता पुन र राई सर्वोच्चमा, बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि बहस आज पनि भएन

नेकपाका नेता पुन र राई सर्वोच्चमा, बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि बहस आज पनि भएन

  • बुधबार, अशोज १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

१७ असोज, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका नेता एवं पोलिटब्यूरो सदस्यद्वय पदमबहादुर राई ‘विकास’ र ओमप्रकाश पुनलाई रिहाईको माग राखी सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि बहस आज पनि हुन सकेन ।

सर्वोच्चको आदेशबमोजिम नेताद्वयलाई दाङबाट मंगलबार दिउँसो ४ बजे सर्वोच्च अदालत ल्याइपुर्याइएको थियो । दुवै जनालाई आज पनि पेसी तोक्नका लागि सर्वोच्चमा लगेपनि दाङ जिल्ला प्रहरी र अदालतबाट सबै मिसिल उपलब्ध हुन ढिलाई भएकोले हुन नसकेको हो । बहसका लागि पेसी भोलि मात्र तोकिने जनाइएको छ । भोलिसम्म सबै मिसिल प्राप्त हुने र भोलि नै पेस चढ्ने बताइएको छ ।

पुन र राईलाई गैरकानूनी रुपमा गिरफ्तार गरी थुनामा राखेको भन्दै रिहाई माग गर्दै पुनकी धर्मपत्नी गौरा धामीले गत हप्ता रिट निवेदन दायर गरेकी थिइन् । रिटमाथि सुनुवाई गर्दै बन्दीहरुलाई पक्राउ गरेर थुनामा राख्नुको लिखित जवाफसहित उपस्थिति गराउन यही असोज ११ गते सरकार, गृहमन्त्रालय, दाङ प्रहरीलगायत विपक्षीहरुको नाममा सर्वोच्चले आदेश दिएको थियो ।

राईलाई संखुवासभा जिल्ला अदालत र पनुलाई बाँके जिल्ला अदालतले रिहा गरेलगत्तै पुनः गिरफ्तार गरी गत हप्ता दाङ पुर्याइएको हो । दाङमा प्रहरीले दुवै जनमाथि ‘बम विष्फोट’ र ‘कर्तव्य ज्यान’ सम्बन्धी कसुर गरेको अभियोगमा मुद्दा चलाएको छ ।

राईलाई गत असार १६ गते दिउँसो सार्वजनिक कार्यक्रम गरिरहेको बेला बालाजु नेपालटारस्थित ग्रामीण आदर्श क्याम्पस र पुनलाई असार १९ गते राति ९ बजे लाजिम्पाट काठमाडौंबाट बाटो हिँडिरहेको बेला गिरफतार गरी विभिन्न अभियोगमा करिब आधा दर्जन जिल्ला घुमाइसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ