सरकारले आफ्नो लुटराज बचाइराख्न दमन र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरिरहेको छः ध्रुव (भिडियाेसहित)

सरकारले आफ्नो लुटराज बचाइराख्न दमन र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरिरहेको छः ध्रुव (भिडियाेसहित)

  • बुधबार, अशोज १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 20.9K
    SHARES

चितवन, १७ असोज।

नेपाल कम्युनिष्ट पार्टीका चितवन सेक्रेटरी धुव्रले राज्यले आफ्नो राज बचाइ राख्नका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरिरहेको बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार संगठन, नेपाल केन्द्रीय समितिको आयोजना तथा चितवन जिल्ला संगठन शाखाको संयोजनमा आज चितवनमा भएको कार्यक्रममा बोल्दै उहाँले ‘भ्रष्टाचारी, अनियमितिता, अन्याय र अत्याचारका विरुद्ध बोल्न नदिनु भनेको राज्यले आफ्नो गलत र कर्तुत लुटको राज राज बचाइराख्नु हो’ भन्नुभयो ।

देशमा हत्या, हिंसा, बलात्कारका घटनाहरु दिनदिनै भइरहेका छन्, न्याय नपाएर जनता छटपटाइरहेका छन् ,अन्यायमा परेका नागरिकलाई न्याय दिनुको साटो उल्टै  आफूहरुलाई बोल्न नदिनु, राज्यको गलत कार्य भ्रष्टाचारको विरुद्ध पत्रकारलाई लेख्नमा अकुुंस लगाउनु, शान्तिपूर्ण सभा सम्मेलन संगठन गर्न प्रतिबन्ध लगाउनु, आफ्ना नेता कार्यकर्तामाथि निगरानी बढाउनु, धरपकड गरिरहेको राज्यको हर्कतको घोर भत्सर्ना गर्नुभयो र यस्ता खालका खराबीका विरुद्ध निरन्तर खबरदारी गर्न र नझुकी लेख्न, आवाज उठाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

प्रजातन्त्रको चर्को कुरा गर्ने व्यवस्थामै मानवअधिकार सबैभन्दा बढी हनन र उल्लंघन भइरहेको छ भन्दै उहाँले आफूहरुले माानवअधिकारलाई जनअधिकारको रुपमा लिएर सम्पूर्ण जनताको अधिकारको लागि संघर्ष गरिरहेको बताउनुभयो ।

सरकारले अहिले अाफैले बनाएकाे कानुन र संबिधान मिचेर शान्तिपूर्ण सभा समाराेह गर्न समेत राेक लगाउने र राष्ट्रियता तथा जनजीविकाकाे मुद्वा उठाउने राजनितिक दलका नेता कार्यकर्तामाथि नै दमन गरेर गिरतार गरि जेल हाल्ने कार्य गरिरहेकेाे भन्दै उहाँले यस्ताे हर्कतकाे बिराेध समेत गर्नुभयाे । उहाँले भन्नुभयाे, दमनले हाम्राे यात्रा राेकिदैन, जनताकाे अधिकारकाे लागि हामि निरन्तर लडिरहन्छाै र बैज्ञानिक समाजवादी व्यावस्था स्थापना नभएसम्म हाम्राे संघर्ष जारी रहनेछ ।

नेकपाले अहिले संगठन सुदृढीकरण तथा बिस्तार अभियान समेत देशव्यापि रूपमा सन्चालनमा रहेकाे छ ।

 

भिडियाे हेर्नुहाेस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ