क्रान्तिकारी पत्रकार संगठनद्धारा चितवनमा अाठाैं अन्तरक्रिया सम्पन्न, जुनसुकै सरकार होस निरङ्कुश बन्दो रहेछ-मानवअधिकारकर्मी

क्रान्तिकारी पत्रकार संगठनद्धारा चितवनमा अाठाैं अन्तरक्रिया सम्पन्न, जुनसुकै सरकार होस निरङ्कुश बन्दो रहेछ-मानवअधिकारकर्मी

  • बुधबार, अशोज १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.2K
    SHARES

चितवन, १७ असोज ।
चितवनका मावन अधिकारकर्मी,राजनीतिक दल, अधिकारकर्मी तथा नागरिक समाजका अगुवाले मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् । संविधानले दिएको अधिकार माथि नै अंकुश लगाउने प्रयास भएको भन्दै सचेततापूर्वक दबाव दिनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

क्रान्तिकारी पत्रकार संगठन,नेपाल केन्द्रीय समितिको आयोजना र जिल्ला शाखा चितवनको संयोजनमा नारायणगढमा भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष राधेश्याम खतिवडाले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने प्रयास गरेको बताउनुभयो । जुनसुकै सरकार आएपनि निरङ्कुश बन्ने खोज्ने गरेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो,‘जुनसुकै सरकार होस निरङ्कुश बन्ने प्रयास गर्छ यो सत्य हो, मिडिया प्रतिपक्ष हो यो पनि सत्य हो तर हामीले आफ्नो भूमिका निर्वाह गर्न छोड्न हुँदैन ।’ उहाँले विचार सून्य कोही हुन नसक्ने तर पत्रकारले पनि विवेक चाही गुमाउन नहुँने जोड दिनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका चितवन जिल्ला सेक्रेटरी धुव्रले भ्रष्टाचारी, अनियमितिता, अन्याय र अत्याचारका विरुद्ध बोल्न नदिनु भनेको राज्यले आफ्नो आफ्नो गलत कर्टुतको राज बचाइराख्नु हो भन्नुभयो । देशमाा हत्या हिंसा, बलत्कारका घटनाहरु दिनदिनै भइरहेका छन् न्याय नपाएर जनता छटपटाइरहेका छन् अन्यायमा परेका नागरिरलाई न्याय दिनुको साटो उल्टै आफू बोल्न नदिनु, शान्तिपूर्ण सभा सम्मेलन संगठन गर्न प्रतिबन्ध लगाउनु, आफ्ना नेता कार्यकर्तामाथि निगरानी, धरपकड गरिरहेको राज्यको हर्कतको घोर भत्सर्ना गर्नुभयो र यस्ता खालका खराबीका विरुद्ध निरन्तर खबरदारी गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

जनअधिकार अभियान नेपाल चितवनका जिल्ला संयोजक गंगाबहादुर कोईरालाले अहिलेको संविधान नै पूर्ण नभएकाले आउने कानुनहरु अपुरो हुनु स्वभाविक भएको बताउनुभयो । अहिले राज्य सञ्चालन गर्नेहरुले विधिको शासन उल्लंघन गरिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,‘संविधान छ तर व्यवहारमा हेरम त कार्यान्वयन कस्तो छ ? यो सरकार नै असफल छ । ’

नारायणी अनलाईनका सम्पादक मधुसुदन दवाडीले पत्रकार पनि विभाजित हुँदा समस्या हुने गरेको बताउनुभयो । उहाँले सत्ता निकट रेहेका पत्रकारले नेताहरुको नकारात्मक कुरा लेख्न पनि हिचकिचाउने गरेको बताउनुभयो । अहिले संक्रमणकालका कारण पनि समस्या देखिएको हुनसक्ने दवाडीको भनाई छ ।


नेपाल शिक्षक महासंघ चितवनका सचिव राम जी भण्डारीले बोलेकै कारण अहिले नेकपाका नेताहरुलाई धरपकड गरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो,‘ आफ्ना मुद्धाहरु उठाउँदा पक्राउ पर्नुपर्ने अवस्था के हो ? बोल्दा पक्राउ पर्नु पनि कहि अभिव्यक्ति स्वतन्त्रता हुन्छ ।’


नेपाल मानव अधिकार संरक्षण मञ्चका अध्यक्ष कल्पना उप्रेतीले मानव अधिकारका लागि प्रेस स्वतन्त्रता चाहिने बताउनुभयो ।

इन्सेक चितवनका प्रतिनीधि एवं पत्रकार दिपेन्द्र अधिकारीले अहिले देवानी फौजदारी संहिताका कारण समाचार लेख्नै हच्किनुपर्ने अवस्था आएको बताउनुभयो । उहाले भन्नभयो,‘ हामी खेलेर समाचार लेख्ने अवस्था छैन, कसले कतिबेला अनावश्यक उजुरी हालेर दुःख दिन्छ थाहै हुँदन ।’ उहाँले अहिलेको मिडिया पुरै पूँजीवादी चरित्रका भएको भन्दै निमुखा र गरिबको समाचारलाई प्राथमिकता नदिएको बताउनुभयो ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शालिग्राम नेपालले अहिले आम पत्रकारले निर्धक्क भएर स्वतन्त्रता उपभोग गर्न नसकेको बताउनुभयो । कार्यक्रमकाे अध्यक्षता संगठनका अध्यक्ष प्रकास डुम्रेले गर्नुभएकाे थियाे भने सन्चालन महासचिव हिम विष्ठ तथा स्वागत मन्तब्य चितवन शाखाका सचिव सुरज शर्माले गर्नुभएकाे थियाे । कार्यक्रमकाे संयाेजन भने क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सदस्य तथा चितवन अध्यक्ष हाेमनाथ न्याैपानेले गर्नुभएकाे थियाे ।

गत असाेज ४ गते दाङबाट सुरू भएकाे अभियान अन्तरगत चितवनमा भएकाे अाठाै कार्यक्रम भएकाे अध्यक्ष न्याैपानेले जानकारी दिनुभयाे ।  मानव अधिकार हनन्र तथा प्रेश तथा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने खालका क्रियाकलापकाे भइरहेकेाले संगठनले अाम मानवअधिकारकर्मी, नागरिक समाजका अगुवा, पत्रकार, राजनितिक दलका प्रतिनिधि लगायतसँग बहस सुरू गरेकेा न्याैपानेले बताउनु भयाे ।

संगठनले अहिलेसम्म दाङ, कञ्चनपुर, कैलाली, नेपालगञ्ज, सुर्खेत, बुटवल र पाेखरामा भने यसअघि नै कार्यक्रम सम्पन्न गरिसकेकेा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ