नेकपा नेता पुन र राईलाई काठमाडौं ल्याइयो, बन्दीप्रत्यक्षीकरण रिटमाथि बहस भोलि

नेकपा नेता पुन र राईलाई काठमाडौं ल्याइयो, बन्दीप्रत्यक्षीकरण रिटमाथि बहस भोलि

  • मङ्लबार, अशोज १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 25.5K
    SHARES

१६ असोज, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका नेता एवं पोलिटब्यूरो सदस्यद्वय पदमबहादुर राई ‘विकास’ र ओमप्रकाश पुनलाई बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि बहसमा उपस्थितिका लागि काठमाडौं ल्याइएको छ ।

नेताद्वयलाई दाङबाट आज मंगलबार दिउँसो ४ बजे सर्वोच्च अदालत ल्याइपुर्याइएको हो । उनीहरुलाई गाडीबाट ल्याइएको हो । नेता राईलाई संखुवासभा जिल्ला अदालत र पुनलाई बाँके जिल्ला अदालतले रिहा गरेलगत्तै पुनः गिरफ्तार गरी गत हप्ता दाङ पुर्याइएको थियो ।
दाङमा प्रहरीले दुवै जनलाई ‘बम विष्फोट’ र ‘कर्तव्य ज्यान’ सम्बन्धी कसुर गरेको अभियोग लगाएको छ । पुन र राईलाई सरकारले बिनाकारण गिरफ्तार गरी गैरकानूनी थुनामा राखेको भन्दै रिहाईको मागसहित पुनकी श्रमती गौरा धामीले असोज ९ गते रिट निवेदन दर्ता गरेकी थिइन् ।

राईलाई गत असार १६ गते दिउँसो सार्वजनिक कार्यक्रम गरिरहेको बेला बालाजु नेपालटार र पुनलाई असार १९ गते राति ९ बजे लाजिम्पाट काठमाडौंबाट बाटो हिँडिरहेको बेला गिरफतार गरी विभिन्न अभियोगमा करिब आधा दर्ज जिल्ला घुमाइसकिएको छ । अहिले दाङ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राख्दै आएको छ ।

दुवै नेता आज रात महानगरीय प्रहरी वृत्त दरबारमार्ग राखिएको छ । नेकपाका अर्का पोलिटब्यूरो सदस्य मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला ‘गम्भीर’ बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथिको बहसपछि सर्वोच्च अदालतको आदेशमा ६९ दिन हिरासत बसाईपछि आजै रिहा भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ