नेकपाका नेता लोहनीको प्रश्न– माधव नेपालले संसदमा गीत गाउने अवस्था किन आयो ?(भिडियाेसहित)

नेकपाका नेता लोहनीको प्रश्न– माधव नेपालले संसदमा गीत गाउने अवस्था किन आयो ?(भिडियाेसहित)

  • सोमवार, अशोज १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 26.8K
    SHARES

पोखरा, १५ असोज ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा रातो खबर प्रकाशनका निर्देशक गुणराज लोहनीले अहिलेको समस्याको मुख्य जड नै राज्य प्रणाली भएको बताउनुभएको छ । क्रान्तिकारी पत्रकार संगठन,नेपाल केन्द्रीय समिति र कास्की शाखाको संयोजनमा पोखरामा भएको मानव अधिकार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै लोहनीले अहिलेको सबै समस्याको जड नै राज्य व्यवस्था भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको प्रमुख समस्या नै राज्यसत्ता हो , राज्यसत्ता नै अहिले यस्तो बनेको छ जहाँ पुगेपछि जसलाई पनि भ्रष्ट बनाउछ, यो राज्य प्रणालीले जसलाई पनि भ्रष्ट बनाउछ ।’
नेता लोहनीले नेपालको कुनै पनि राजनितिक आन्दोलन निष्कर्षमा नपुगेकाले अहिलेको समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो ‘२००७ साल पछिका आन्दोलनहरु निष्कर्षमा नपुगि टुंगिएकाले अहिले पनि जनताको अवस्था परिवर्तन हुन सकेन ।
देशमा हत्या, हिंसा, बलात्कार जस्ता घटना बढेको भन्दै यसले पनि सरकार असफल भईसकेको प्रष्ट भएको उल्लेख गर्नुभयो । त्यसको पछिल्लो उदाहरण सत्तारुढ नेकपाका नेता माधव नेपालले संसदमा दिएको अभिब्यक्ति रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ अहिले हामीले मात्रै होईन सरकारमै रहेका र समर्थन गर्नेले पनि आलोचना गर्छन्, संसदमै माधव नेपालले देश बचाउ भन्दै गीत गाउनुपर्ने अवस्था आयो ।’
पूजीवादी व्यावस्थाले जनताको जीवनस्तर माथि उठ्न नसक्ने मात्र नभएर हत्या हिंसा, बलात्कार जस्ता संस्कारको उत्पादन र विकास गर्ने पनि उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘पछिल्लो समय दैनिक जसो नाबालिकादेखि बृद्ध आमाहरु समेत बलात्कारमा परिरहेको घटना सार्वजनिक हुने गरेको छ, भ्रष्टचार, घुसखोर बढेको छ यो सबै राज्यसत्ताकै देन भएकोले यसको अन्त्य जरुरी छ ।’
मानवअधिकारलाई पनि पूजीवादीहरुले आफ्नो स्वार्थ पुरा गर्नका लागि प्रगोग गर्दै गएको बताउनु भयो ।उहाँले भन्नुभयो, ‘मानव अधिकार अहिले सिमित घेरा भित्र राखिदैछ , त्यसैले अब जनताको अधिकारको कुरा गर्नुपर्छ ।’

झापा बिद्रोह गरेर आएका वर्तमान केपि ओली र १० बर्षे जनयुद्ध लडेर आएका प्रचण्डले नेतृत्व गरेको अहिलेको सरकारले नै मानव अधिकारलाई सिमित घेराभित्र राखेर संकुचित गर्दैछ ।
हत्या र बलात्कारको घटना छायामा परिरहेका छन् , हत्यारा, अपराधि पत्ता लाग्दैन भने लाखौ युवाहरु बिदेशीएका छन् , तीनैले पठाएको रेमिट्यान्सबाट मुलुक सन्चालन हुन्छ के यहाँ मानव अधिकार हुनन भएको छैन ?

अर्को प्रसंगमा उहाँले नेपाली पत्रकारीता निगम पूजीवादि पद्धतिबाट चलिरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ठुला विग मिडिया हाउसहरुमा आज जे समाचार बन्छ बेलुका राज्यले त्यो निर्णय गर्छ ।तर जनताको अधिकारको कुरा गर्ने, राष्टियता, भ्रष्टचारको बिरोध गर्नेहरु र आम नागरिकको आवाज समेटिदैन ।
नेता लोहनीले त्यसैको उदाहरण पछिल्लो पटक नेकपाका प्रवत्ता प्रकाण्ड गिरफ्तार परेको समाचारले मिडियामा प्रवेश नपाउनु पनि रहेको बताउनु भयो । घटनालाई मिडियाले दिएको प
उहाँले थप्नुभयो केहि पत्रकारले लाखौ तलब पनि थाप्छन् तर अधिकांश पत्रकार न्युनतम पारिश्रमिक पनि पाएका छैनन् । पत्रिकारीता क्षेत्रमा पनि ठुलो वौद्धिक शोषण भईरहेको उहाँले बताउनु भयो ।
अहिले अभिब्यक्ति स्वतन्त्रता मुलुकमा नरहेको पनि उहाँले प्रष्ठ्याउनु भयो । नेता लोहनीले भन्नुभयो, यहाँ बोल्ने अधिकार नै छैन , नेकपाका कोहि नेता सार्वजनिक कार्यक्रममा भाषण गर्न आए त्यहिबाट समातेर जेल हाल्छ , के यहि हो स्वतन्त्रता ?
नेकपा बैज्ञानिक समाजवाद ल्याउनलाई बहस गर्न , प्रतिस्पर्धा गर्न तयार छौ, शान्तिपूर्ण आन्दोलन गर्छौ यदि त्यो पनि नभए हामि बिद्रोह गर्न पनि तयार छौ भनेर भनेकै आधारमा प्रकाण्डलाई अपहरण शैलीमा गिरफ्तार गरिएको बताउनु भयो ।

कम्युनिष्ट नामधारी सरकारले कम्युनिष्टलाई नै दमन गरिरहेको बताउनु भयो । हिजो प्रचण्डको एक निर्देशनमा मर्न तयार भएका कार्यकर्तालाई धोका दिएर अहिले आफु सत्तामा पुगेपछि तिनै सहयोद्धाहरुमाथि दमन गर्ने प्रचण्डसँग जनताले एक दिन हिसाव माग्ने बताउनु भयो ।

 

भिडियाे 

https://www.facebook.com/sirjanatimsina11/videos/2118074888508363/?t=1

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ