नेकपा नेता कार्की र धमलाको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहस भोलि हुने

नेकपा नेता कार्की र धमलाको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहस भोलि हुने

  • आइतवार, अशोज १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 21.8K
    SHARES

१४ असोज, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका नेता एवं पोलिटब्यूरो सदस्य मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला ‘गम्भीर’लाई गैरकानूनी थुनामा राखेको भन्दै रिहाइको माग गर्दै सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि बहस भोलिमात्र हुने भएको छ ।

सरकारले गैरकानूनी रुपमा गिरफ्तार गरेर थुनामा राखेको भन्दै तत्काल थुनामुक्ता गराउन माग गर्दै धमलापुत्र चेतन शर्माले रिट निवेदन दर्ता गरेका थिए । यो रिट निवेदन चौथोपटक दायर गरिएको हो ।

नेता कार्की र धमलामाथि संखुवामाको अरुण तेस्रो जनविद्युत आयोजनमा स्थलमा बम विष्फोट गरेको आभियोग लगाइएको छ । साउन १० गते काठमाडौंको नागढुंगाबाट गिरफ्तार गरिएका दुवै नेतालाई यसअघि काभ्रेमा ‘संगठित अपराध’, नुवाकोटमा ‘आगजनी’ र दाङमा ‘बम विष्फोट तथा कर्तव्य ज्यान’को मुद्दा चलाइएकोमा सर्वोच्चले बन्दी प्रत्यक्षीकरण रिटमाथिको बहसपछि निर्दोष ठहर गर्दै रिहा गर्न आदेश दिएको थियो ।

तर रिहालगत्तै अर्को अभियोगमा विभिन्न जिल्ला घुमाउँदै आइरहेको छ । योपटक संखुवासभा जिल्ला प्रहरीले ‘विष्फोटक पदार्थ’मा मुद्दा चलाइएको छ । उनीहरुलाई सर्वोच्चको आदेशबमोजिम रिटमाथि बहसका लागि आजै आन्तरिक उडानबाट काठमाडौं ल्याइएको हो । मिसिल अध्ययनका लागि समय नपुगेको भन्दै रिट निवेदक पक्षका वकिलहरुले समय मागेपछि पेसी भोलि मात्र चढ्ने भएको जनाइएको छ ।
दुवै जना बन्दी नेतालाई आजको रात काठमाडौंमा राखिएको छ ।

भदौ १२ काठमाडौबाट गिरफ्तार भएकी नेकपाकै पोलिटब्यूरो सदस्य उमा भुजेल ‘शिलु’ काभ्रे, नुवाकोट र दाङमा सोही अभियोगमा निर्दोषा सावित भई गत असोज ७ गते र साउन २२ गते काठमाडौंको टौदहनजिक चाल्नाखेलबाट गिरफ्तार भएका नेकपाकै प्रवक्ता प्रकाण्ड दुई दिनपछि ९ गते रिहा भइसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ