प्रधानमन्त्री आलीद्धारा राष्ट्रसघंका लागि नेपाली स्थायी नियोगको निरीक्षण

प्रधानमन्त्री आलीद्धारा राष्ट्रसघंका लागि नेपाली स्थायी नियोगको निरीक्षण

  • शनिबार, अशोज १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौं, असोज १३।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगको निरीक्षण गर्नु भएको छ । प्रधानमन्त्री ओलीलाई नियोगका काम कारवाहीका विषयमा कार्यवाहक प्रमुख निर्मलराज काफ्ले तथा अन्य कर्मचारीले जानकारी दिनुभएको थियो ।

उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नियोगका कर्मचारीलाई मुलुकको छवि अन्तर्रा्ष्ट्रिय जगतमा उजिल्याउने गरी काम गर्न आग्रह गर्नुभयो । उहाँले नेपालको आफ्नै शान्ति प्रक्रियाका बारेमा अन्तर्रा्ष्ट्रिय समुदायलाई जानकारी दिन पनि आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीका साथमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका पदाधिकारीहरु रहनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ