क्रान्तिकारी पत्रकार संगठनबारे आधिकारिक धारणा, ‘काठमाडौंमा भएको भेला नेकपा निकटको होईन’ (विज्ञप्तिसहित)

क्रान्तिकारी पत्रकार संगठनबारे आधिकारिक धारणा, ‘काठमाडौंमा भएको भेला नेकपा निकटको होईन’ (विज्ञप्तिसहित)

  • शुक्रबार, अशोज १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 69.4K
    SHARES

काठमाण्डौ, १२ असोज ।

क्रान्तिकारी पत्रकार सगंठन, नेपाल केन्द्रीय समितिबारे पछिल्ला जे–जस्ता हल्ला आइरहेका छन्,यसबारे यथार्थ जानकारी सार्वजनिक भएकाे छ ।

गत बैशाख १५ गते काठमाण्डौको राष्ट्रिय सभा गृहमा उद्घाटन गरी १६ र १७ गते भक्तपुरको नगरकोटमा सम्पन्न भएको तेस्रो राष्ट्रिय सम्मेलनको बन्दसत्रमा पदाधिकारी चयन हुन सकेन । बन्दसत्रमा पदाधिकारी चयन हुन नसकेपछि बन्द सत्रका प्रतिनिधिहरुले मातृ पार्टी नेपाल कम्युनिष्ट पार्टीलाई संगठनको पदाधिकारी टुङ्गो लगाउने जिम्मेवारी दिन सुझाव दिएका थिए ।

यति हुँदापनि तत्कालिन अध्यक्ष प्रभात चलाउने आफू निकटका व्यक्तिलाई पदाधिकारी बनाएरै जान जोडबल गरिरहे । पहिलेदेखि नै मनोमानी संगठन चलाउदै आएका चलाउनेले फेरी त्यै प्रवृति दोहोराउन खोजेपछि मातृ पार्टीले त्यसो नगर्न सुझाव दिदै संगठनमा सबै विषय मिलाएर जान धेरै पटक आग्रह गरेको थियो । पार्टीले समेत गरेको आग्रहलाई बेवास्ता गर्दै चलाउनेले आफू अनुकूल ‘सेट’ मिलाउन खोजेका थिए । अन्तिममा पार्टी हेडक्वाटरले समेत चलाउनेलाई अध्यक्ष र अहिलेका अध्यक्ष डुम्रेलाई महासचिव बनाएर अगाडि बढन सुझाब दिएको थियो । तर चलाउनेले आफ्नो जिद्दी नछाडेपछि नयाँ नेतृत्व चयन हुन सकेन र चयन गर्ने जिम्मा पार्टीले नै लियो ।

सुझाव अनुसार गत साउनमा सम्पन्न पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकले प्रकाश डुम्रे लाई अध्यक्ष बनाउने बिषयमा पार्टी केन्द्रीय समितिको पूर्ण बैठकले सर्वसम्मत निर्णय गरेको हो । त्यसमा डिल्लीराज रावत उपाध्यक्ष,हिम विष्ट महासचिव,सिर्जना तिम्सिना सचिव र जानकी चौधरी कोषाध्यक्ष बनाउने निर्णय गरेको थियो ।

जव मातृ पार्टीको निर्णय बाहिर आयो तब निर्णय नमान्ने भन्दै अराजक सदस्यहरुले निर्णयका बिरुद्ध नक्कली प्रेस विज्ञप्ति निकालेर पार्टी र सगंठनबिरुद्ध बदनाम गर्ने ढंगले अनर्गल र भ्रामक प्रचारमा लागेपछि मातृ पार्टी नेकपाका केन्द्रीय कार्यालय सचिव ध्रुवले गएको भदौ १० गते एक प्रेस विज्ञप्ति निकालेर डुम्रे अध्यक्ष रहेको टिम आधिकारिक रहेको प्रष्ट पार्नुभएको थियो ।

विषय यतिसम्म प्रष्ट हुँदाहुँदै पनि केही अराजक र अनुशासन नमान्नेहरुलाई सुध्रिन पार्टीले निर्देशन दिने काम गर्यो ।तैपनि निर्देशनलाई आटेर गर्दै केही अराजक सदस्यहरुले पार्टी र संगठनको नेतृत्वबिरुद्ध एकपछि अर्को लगातार प्रहार गरिरहे ।

पार्टी आन्दोलनलाई बदनाम गर्ने खालका समाचार प्रकाशित गर्ने जस्तो अत्यन्तै गलत ढंगले पार्टी अनुशासनविपरीत लागेपछि पार्टीका स्थायी समिति सदस्य एवम् पार्टीको मध्य केन्द्रीय कमाण्ड ईन्चार्ज सुदर्शनले ५ जना अराजक सदस्यहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निस्कासन गरेर कारबाही गरेका थिए । कारबाही पर्नेहरूमा निर्वतमान अध्यक्ष प्रभात चलाउने, केन्द्रीय सदस्यहरु जन्मदेब जैसी, कमल बुढा, सुदिप बर्देवा, र बाबुराम भुसाल हुन् ।

जब पार्टीको केन्द्रीय समितिको बैठकले एकमतका साथ प्रकाश डुम्रेलाई अध्यक्ष बनाएर अगाडि ल्यायो तब चलाउनेको योजनामा केही पार्टी सदस्य पनि नभएका ब्यक्तिहरुलाई केन्द्रीय सदस्य बनाएर ४० जनाको डम्फु बजाउने काम गर्दै आएका छन् ।

जवकी ४० जना मध्य धेरै जसो सदस्य आधिकारिक निर्णय मान्ने भन्दै संगठनको काममा लागिसकेका छन् । निकालिएको विज्ञप्तिमा हस्ताक्षर समेत थिएन । धेरैजसो सदस्यले आफ्नो नाम दुरुपयोग गरेको भन्दै आपत्ति समेत जनाएका छन् । ४० जनाको केन्द्रीय समितिको कथित प्रचार गर्नेहरु मध्य केही साधारण सदस्य समेत छैनन । कतिपय भन्ने आफ्नो गृह जिल्लामा काङ्ग्रेसका बुथ प्रतिनिधि बनेका व्यक्ति छन्, जो काठमाडौंमा क्रान्तिकारी पत्रकारको केन्द्रीय सदस्य भन्दै पार्टी अनुशासनविपरीत हल्ला गरिराखेका छन ।

कम्युनिस्ट पार्टीमा नेतृत्वको निर्देशन मान्नु पर्छ तर कतिपय केन्द्रीय सदस्य हरु अल्पमत र बहुमतको हौवा पिटिराखेका छन उनिहरुलाई क्रान्तिकारी पार्टीको न्युनतम मुल्य मान्यता समेत नबुझेको देखिन्छ । पार्टीको निर्णय बाहिर आईसकेपछि उपाध्यक्ष बनेका डिल्लीराज रावत समेत आफ्नो गृह जिल्लाको कार्यक्रममा सहभागी भएर पत्रकारको केन्द्रीय उपाध्यक्षको परिचय दिएका थिए । चलाउने समूहले रावतलाई अगाडी सारेपछि उनी अफ्ठेरोमा परेका थिए ।

जब दाङमा पत्रकारको केन्द्रीय समितिको बैठकमा पार्टीका तर्फबाट उपस्थित भएका स्थायी समिति सदस्य सन्तोष बुढामगर पार्टीको निर्णय नमान्नेलाई कारबाही गर्ने बताए, तब डिल्लीराज रावतलगायत उग्र बन्दै आएका केही व्यक्ति संकटमा परे । बैठकमा पार्टीको निर्णयलाई दृढतापुर्वक कार्यान्वयन गर्न निर्देशन दिए । त्यसपछि पार्टीको कारवाहीमा परेका चलाउने र संकटमा परेका रावतबीच थप कुरा मिल्यो । असोज ११ गते कारबाही परेकाहरुसहित कतिपय पार्टी सदस्यता समेत नभएकाहरु सहितको अबैधानिक ‘भेला’ गरी आफुहरु विप्लवनिकट भन्दै प्रचार गरेका छन्, जुन सोह्रै आना गलत प्रचार हो ।

विप्लवनिकट क्रान्तिकारी पत्रकार संगठन, नेपाल केन्द्रीय अभियान लिएर पश्चिम पुगेको बेला कारबाहीमा परेका र जिल्लामा पार्टी सम्पर्कमा नरहेकाहरुको कथित भेला गरी विप्लवनिकट भन्दै अनावश्यक भ्रम फिजाउने काम गर्दै आएका छन् यो पुरै गलत भएको नेकपाका एक केन्द्रीय नेताले बताएका छन् ।

काठमाडौंमा गरिएको भेलाका एकजना उपाध्यक्ष जन्मदेव जैसी, महासचिव बाबुराम भुसाल पार्टीका साधारण सदस्य समेत नरहने गरि पार्टी स्थायी समिति सदस्य सुर्दशनले कारबाही गरिसकेका पात्र हुन् भने कतिपय केन्द्रीय सदस्य भनिएकाहरुको सदस्यता समेत टुंगो छैन । बैठकमा उपस्थित प्रभात चलाउने पनि कारवाहीमा परिसकेका पात्र हुन् । यो अवस्थामा स्वदेश तथा विदेशमा रहने आमसमर्थक, शुभचिन्तकहरुमा हामी यो अनुरोध गर्छौ कि हिजो बिहीबार काठमाडौंमा भएको भनिएको बैठक विप्लव निकटका पत्रकारहरुको होइन ।

बद्नाम गर्ने प्रयास

यतिबेला क्रान्तिकारी पत्रकार, संगठनको मातृपार्टी नेकपा राष्ट्रियता, स्वाधीनता र जनजीविकाको लागि राजनीतिक संघर्षको मैदानमा छ ।सरकारले नेता कार्यकर्तामाथि दमन, धरपकड जारी राखेको छ । उसलाई राज्यले खुल्ला कार्यक्रम गर्न समेत दिएको छैन ।

यस्तै प्रतिकूल परिस्थितिमा नेकपालाई बदमान गराउन केही व्यक्ति योजनाबद्ध ढंगले लागेको संगठनको विश्वास छ । सकेसम्म नेकपालाई बदनाम बनाउने र क्रान्तिकारी पत्रकार संगठनलाई पनि बदनाम गराउने प्रयासमा लागेको बुझिएको नेकपाका एक नेताले जानकारी दिए । कारवाहीमा परेका व्यक्तिसमेत मिसिएर संगठनको नाममा अराजकता मच्चाएपछि डिल्ली रावत अध्यक्ष भनेर बनाईएको टिम प्रायोजित टिमबाहेक केही हुन नसक्ने ती नेताको विश्वास छ ।

तर क्रान्तिकारी पत्रकार संगठन, नेपाल भने असोज २ गते पहिलो केन्द्रीय समितिको बैठकको निर्णयअनुसार देशव्यापी संगठन सुदृढीकरण र अन्तरकृया कार्यक्रम गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ