क्रान्ति भनेको त फोहोर बढार्ने अभियान हो–ध्रुव

क्रान्ति भनेको त फोहोर बढार्ने अभियान हो–ध्रुव

  • बिहिबार, अशोज ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 27.1K
    SHARES

सुर्खेत, ११ असोज । नेपाल कम्युनिष्ट पार्टीका सुर्खेत जिल्ला ईन्चार्ज गणेश बोगटी ‘ध्रुव’ले सरकार मानवअधिकार हनन गर्न उद्दत रहेको भन्दै आपत्ति जनाउनुभएको छ ।

क्रान्तिकारी पत्रकार संगठन,केन्द्रीय समिति र सुर्खेत शाखाले सुर्खेतको वीरेन्द्रनगरमा गरेको कार्यक्रममा ईन्चार्ज ध्रुवले आफ्नो पार्टीलाई शान्तिपूर्ण आन्दोलन गर्न नदिएर संविधानमा भएको अधिकार हननग गरिरहेको बताउनुभयो । सरकार अहिले सबैभन्दा निरकुङस भनिरहेको भन्दै इन्चार्ज ध्रुवले भन्नुभयो, ‘सिंहदरबारमा पसेपछि सबैको मस्तिस्कमा राणाकालिन मस्तिस्क पस्छ कि क्या हो ? कहिलेकाही त अनौठो लाग्छ ।’

उहाँले अहिले आफ्नो पार्टीलाई सरकारले प्रतिबन्ध लगाईरहेको भन्दै अभिव्यक्ति स्वतन्त्रता नभएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ हामीले अहिले संविधान अनुसार नै शान्तिपूर्ण कार्यक्रम गर्न पाएका छैनौं, हामीलाई सांगठनिक गतिविधि गर्न सरकारले प्रतिबन्ध लगाएको छ कहाँ छ अभिव्यक्ति स्वतन्त्रता ?’ इन्चार्ज ध्रुवले भ्रष्टाचार, अन्याय,अत्याचार, राष्ट्रियताको विषयमा कुरा उठाउँदा सरकार दमनमा उत्रिएको गुनासो गर्नुभयो ।

उहाँले सांगठनिक गतिविधि गर्दा हतियार खरिद गरेको, हिंसात्मक गतिविधि सञ्चालन गर्न खोजेको जस्ता अनावश्यक आरोप लगाएको बताउनुभयो । उहाँले भन्नुभयो,‘हामीले त क्रान्तिको कुरा गरेको हो , क्रान्ति भनेको त फोहोर बढार्ने अभियान हो, तर यसलाई गलत ढंगले प्रचार गरिएको छ ?’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ