नेकपाका नेता राई र पुनलाई ३ दिनभित्र लिखित जवाफसहित उपस्थित गराउन सरकारलाई सर्वोच्चको आदेश

नेकपाका नेता राई र पुनलाई ३ दिनभित्र लिखित जवाफसहित उपस्थित गराउन सरकारलाई सर्वोच्चको आदेश

  • बिहिबार, अशोज ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.5K
    SHARES

११ असोज, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य (पीबीएम) पदमबहादुर राई ‘विकास’ र ओमप्रकाश पुनलाई बाटोको म्यादबाहेक ३ दिनभित्र अदालतमा लिखित जवाफसहित उपस्थित गराउन सरकारलाई आदेश दिएको छ ।

पुन र राईलाई प्रहरीले गैरकानूनी थुनामा राखेको भन्दै रिहाईको माग गर्दै पुनकी श्रीमती गौरा धामीले यही मंगलबार बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । रिटमाथिको बहसपछि सुनुवाई गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले लिखित जवासहित उपस्थित गराउन बुधबार सरकार, गृहमन्त्रालय, दाङ प्रहरीलगायत विपक्षीहरुको नाममा आदेश भएको हो ।

पुनलाई बाँके र राई संखुवासभा जिल्ला अदालतले रिहाको आदेश रिहा भएलगत्तै प्रहरीले अदालतपरिसरबाटै पुनः गिरफ्तार गरी दाङ जिल्ला प्रहरीको हिरासतमा राख्दै आएको छ । त्यहाँ उनीहरुमाथि बम विष्फोटको अभियोग लगाइएको छ ।

राईलाई गत असार १६ गते काठमाडौंको बालाजुनजिक नेपालटारबाट दिउँसो र पुनलाई असार १९ गते लाजिम्पाटबाट राति ९ बजे गिरफ्तार गरिएको थियो । यसबिचमा दुवै नेतालाई विभिन्न अभियोगमा आधा दर्जन जिल्ला घुमाइसकेका छन् ।

दाङमा यसअघि नेकपा प्रवक्ता प्रकाण्ड, पोलिटब्यूरो सदस्य उमा भुजेल ‘शिलु’, मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला ‘गम्भीर’लाई पनि सोही अभियोगमा मुद्दा चलाइएकोमा सबैले सफाई पाइसकेका छन् । सफाईपछि भुजेल सर्वोच्चको आदेश रिहा भइसकेकी छन् भने जीवन्त र गम्भीरलाई अर्को अभियोगमा संखुवासभा पुर्याई प्रहरी हिरासतमा राखिएको छ ।

नेताद्वय जीवन्त र गम्भीरलाई पनि ३ दिनभित्र लिखित जवाफसहित अदालतमा उपस्थित गराउन मंगलबार सर्वोच्चले सरकारलाई आदेश दिइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ