काठमाडौ, असोज ११ ।
प्रधानमन्त्री केपि शर्मा ओलीले आज संयुक्त राष्ट्र संघको महासभालाई संबोधन गर्दै हुनुहुन्छ । नेपाली समय अनुसार आज राति हुने संबोधनमा प्रधानमन्त्री ओलीले नेपालको पछिल्लो राजनीतिक गतिविधि बारे विश्व समुदायलाई जानकारी गराउनु हुने छ ।
तीन वटै तहाको निर्वाचन सम्पन्न भएसँगै मुलुक संघीय संरचनामा गएको र आर्थिक प्रस्थान विन्दुमा रहको सम्बन्धमा प्रधानमन्त्री ओलीले संबोधन गर्नेु हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
तीन वर्ष अघि जारी भएको मुलुकको संविधानको मौलिक हक सम्बन्धी विभिन्न कानुन पारित भएको बारेमा समेत प्रधानमन्त्रीले विश्व समुदायलाई जानकारी गराउनु हुनेछ ।
राजनीतिक स्थिरतासँगै नेपाल वैदेशिक लगानीको संभावना सरकारको नीति सम्बन्धमा प्रधानमन्त्री ओलीले विश्व समुदायमा जानकरी गराउनु हुनेछ ।
राष्ट्र संघीय महासभामा भाग लिन न्यूर्योकमा रहनुु भएका प्रधानमन्त्रीले त्यहा रहदा विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग उच्चस्तरीय राजनीतिक भेटवार्ता गरिराख्ुन भएको छ ।