प्रतिनिधिसभा बैठक आज बस्दै, राहदानी विद्ययेकमाथि छलफल पछि पारितको प्रक्रिया अघि बढाइने

प्रतिनिधिसभा बैठक आज बस्दै, राहदानी विद्ययेकमाथि छलफल पछि पारितको प्रक्रिया अघि बढाइने

  • बुधबार, अशोज १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं, असोज १० ।
प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा राहदानी विद्ययेकमाथि छलफल र पारितको प्रक्रिया अघि बढ्ने संघिय संसद सचिवालयले जनाएको छ ।

सो विद्ययेक, अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितीले हिजो प्रतिवेदनसहित प्रतिनिधिसभामा पेश गरेको थियो । सरकारी काम बाहेकमा पनि रातो पासपोर्ट प्रयोग गर्ने बिषयमा सहमति गर्दै समितीले विद्ययेक तयार पारेको थियो ।

संसदको आजको बैठकबाट यो बिद्ययेक पारित भए , सांसदहरुलाई ब्यक्तिगत प्रयोजनमा विदेश भ्रमणमा जान पनि कानुनी रुपमै बाटो खुल्ला हुनेछ । यस्तै संघिय संसद अन्र्तगतका विभिन्न समितिहरुको छुट्टा–छुट्टै बैठक आज बस्दैछ ।

राज्य व्यवस्था तथा सुसासन समितीले बढ्दो महिला हिंसा, बलात्कार र हत्या तथा शान्ती सुरक्षासँग सम्बन्धित बिषयमा गृहमन्त्री रामबहादुर थापासँग आज छलफल गर्दैछ ।

सिंहदरबारमा मध्यान्ह १२ बजे बस्ने बैठकमा शान्ती सुरक्षाका सवालमा सरकारले गरिरहेको तयारी बारेपनि छलफल हुने समिती श्रोतले जनाएको छ ।

कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, दिगो विकास तथा सुसासन समिती तथा महिला तथा सामाजिक समितिको छुट्टा–छुट्टै बैठक पनि आज बस्ने संघिय संसद सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ