नेकपाका पीबएमद्वय कार्की र धमलालाई ७२ घण्टाभित्र उपस्थित गराउन सरकारलाई सर्वोच्चको आदेश

नेकपाका पीबएमद्वय कार्की र धमलालाई ७२ घण्टाभित्र उपस्थित गराउन सरकारलाई सर्वोच्चको आदेश

  • बुधबार, अशोज १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 18.2K
    SHARES

१० असोज, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला ‘गम्भीर’लाई ७२ घण्टाभित्र सर्वोच्च अदालतमा लिखित जवाफसहित उपस्थित गराउन सरकार, गृहमन्त्रालयलगायत विपक्षीको नाममा आदेश दिएको छ ।

गैरकानूनी रुपमा गिरफ्तार गरेर प्रहरीले थुनामा राखेको भन्दै रिहा गर्न मागसहित धमलाका पुत्र चेतन शर्माले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि मंगलबार बहसपछि सुनुवाई गर्दै आदेश प्रधान न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले दिएको हो ।

रिट निवेदन यो चौथोपटक दायर हो । यसअघि तीनपटकको रिटमाथि बहसपछि रिहा गर्न आदेश दिएकोमा रिहालगत्तै प्रहरीले गिरफ्तार गर्दै आइरहेको छ । पछिल्लोपटक दाङ प्रहरीले लगाएको बम विष्फोट अभियोगमा निर्दोष ठहरपछि रिहा हुँदा सर्वोच्च परिसरबाटै गिरफ्तार संखुवासभा प्रहरीलाई बुझाइएको थियो ।

पार्टीको कामको सिलसिलामा काठमाडौं फर्कने क्रममा गएका साउन १० गते काठमाडौंको नाग ढुंगाबाट बसबाट सादा पोशाकमा आएका सीआईबी टोलीले गिरफ्तार गरी काभ्रे बुझाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ