नेकपा नेता पुन र राईको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चमा दायर

नेकपा नेता पुन र राईको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चमा दायर

  • बुधबार, अशोज १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 28.6K
    SHARES

१० असोज, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका नेता एवं पोलिटब्यूरो सदस्य ओमप्रकाश पुन र पदमबहादुर राई ‘विकास’को गैरकानूनी थुनाबाट मुक्त गर्न हाग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन रिट दायर भएको छ ।

दुवै जना नेतालाई गैरकानूनी रुपमा गिरफ्तार प्रहरीले हिरासतमा राखेको भन्दै रिहाईको मागसहित पुनकी श्रीमती गौरा धामीले मंगलबार रिट दर्ता गरेकी हुन् ।

राईलाई संखुवासभा र पुन बाँके अदालतको आदेशमा रिहा भएलगत्तै अर्को अभियोगमा यही सोमबार दाङ पुर्याई प्रहरीको हिरासतमा राख्दै आएको छ । राईलाई गत असार १६ गते दिउँसो खुला कार्यक्रमबीचबाट काठमाडौंको बालाजु र पुनलाई असारकै १९ गते राति ९ बजे लाजिम्पाटबाट बाटो हिँडिरहेको बेला प्रहरीले गिरफ्तार गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ