काठमाण्डौ, १० असोज ।
कन्चनपुरकी निर्मला पन्तको हत्यारालाई नेपाल कम्युनिष्ट पार्टीको सहयोगमा अब जनताले कार्वाहि गर्ने नेकपाका प्रवक्ता प्रकाण्डले उद्घोष गर्नुभएको छ ।
५० दिनको प्रहरी हिरासतबाट रिहा भएलगत्तै काठमाण्डौको माईतिघर मण्डलामा आयोजित सम्मान कार्यक्रममा बोल्दै उहाँले निर्मलाललाई आफ्नो पार्टीले न्याय दिलाएरै छाड्ने उद्घोष गर्नुभयो ।
उहाँले केपी ओलीको दलाल सरकारले निर्मलाका हत्यालाई पक्राउ गरेर कार्वाहि गर्न नसक्ने भन्दै अब नेकपाको सहयोगमा जनताले हत्यारालाई कार्वाहि गरिछाड्ने बताउनु भयो ।
प्रवक्ता प्रकाण्डले भन्नुभयो, निर्मलाको बलत्कार पछि हत्या भएको यति लामो समयसम्म बलात्कारी र हत्यारानै पत्ता लगाउन नसक्ने ओली सरकार र वादलको गृहमन्त्रालयले कहाँ हत्यालाई कार्वाहि गर्छ ?
उहाँले थप्नुभयो, अब निर्मलाका हत्यारालाई पार्टीले पक्राउ गर्छ र जनताले कार्वाहि गर्छन् । अब पनि हामि हाम्रा नेपाली चेलीहरुलाई यस्तो दुख सहेर पिडामा बस्न दिदैनौ । उनीहरुको अधिकार मुक्तिको लागि हामि निरन्तर लडिरहनेछौ ।
उहाँले अहिले पनि नेपाली दिदि बहिनीले यस्तो दुखद घटनाको सामना गर्नुपर्ने अवस्था आउनु विडम्बना नै भएके बताउनु भयो ।