९ असोज, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को हकमा सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि बहस आज हुँदैछ ।
भाई विरेन्द्र विश्वकर्माले दाजु प्रकाण्डलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै रिहाईको माग राखेर दायर गरेको रिट निवेदनमाथि इजलास नम्बर १ मा बहस हुँदैछ ।
सर्वोच्चपरिसरबाटै पाँचौपटक भदौ २९ गते गिरफ्तार गरिएका प्रकाण्डको बम विष्फोट गरेको अभियोगमा ‘विष्फोटक पदार्थ’ मुद्दामा उदयुर जिल्ला प्रहरीको हिरासतमा राख्दै आएको छ ।
आइतबार बहस हुने भनिएपनि रिटनिवेदक पक्षका वकिलहरुले मिसिल अध्यायन गर्न समयाभाव भएको भन्दै उक्त दिनको बहस रोकिएको थियो । सोमबार इन्दा जात्राको सार्वजनिक बिदा परेकोले आज बहस हुने भएको हो ।
गएको साउन २२ गते साँझ काठमाडौंको टौदहनजिक चाल्नाखेलबाट सहयोगी र चालकसहित गिरफ्तार भएका पवक्ता प्रकाण्डलाई अदालतको आदेशमा पाँचपटक रिहा भइसकेका छन् । तर रिहालगत्तै अर्को अभियोगमा विभिन्न जिल्ला घुमाउँदै आइरहेको छ ।
योपटक भने प्रकाण्ड रिहा हुने सम्भावना प्रवल बनेको छ । योपटक भने प्रकाण्ड रिहा हुने सम्भावना प्रवल बनेको छ । हरेक अभियोगमा उनी निर्दोष ठहर हुँदै आएका छन् ।