८ असोज, काठमाडौं ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली युवा नेता गगन थापाले वर्तमान सरकार जनता र प्रेससँग डराउन छाडेको आरोप लगाउनुभएको छ । उहाँले जनता र प्रेसले उठाएका विषयबस्तुसँग डराउन सरकारलाई आग्रह गर्नुभयो ।
नेपाल प्रेस युनियन पाल्पाको पदस्थापना कार्यक्रम तथा पत्रकार अन्तरक्रिया कार्यक्रममा आज बोल्दै नेता थापाले सरकारले जुनसुकै निर्णय गर्दा पनि ढुक्क हुनु गलत भएको बताउनुभयो ।
प्रतिपक्षले उठाएका विषय गलत पनि हुनसक्छ तर यस विषयलाई मतलब गरिएन भने गलत प्रवृत्ति हावी हुंदै जाने उहाँको भनाई थियो । सुशासनका लागि गलत प्रवृत्ति हराउँदै गएको बताउँदै सांसद थापाले निर्वा्चित सरकार जनता र प्रेससँग डराउनुपर्ने सुझाव दिनुभयो ।
नेता थापाले निर्वा्चित सरकारले डरलाग्दो प्रवृत्ति मौलाउन दिएकाले यस्ता गलत प्रवृत्तिको विरोध गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले अहिलेको सरकारले आफुलाई बिस्तारै तानाशाह बनाउँदै लगेको बताउदै सबैभन्दा धेरै अनुकुलताको समयलाई क्षमताको अभावमा खेर फाल्न खोजेको उल्लेख गर्नुभयो ।
अब नेपाली जनताले यस्तै अवस्था भोग्दै गए भने पद्दतीमा प्रश्न उठाउने भएकाले यस विषयमा सरकार गम्भीर हुन नेता थापाले आग्रह गर्नुभयो ।