काठमाडौँ, असोज ८ ।
चीनको छ दिने औपचारिक भ्रमण सकेर उपराष्ट्रपति नन्दबहादुर पुन आन स्वदेश फर्कदै हुनुहुन्छ । गत असोज ३ गते चीन प्रस्थान गर्नु भएको उहाँ विहान पौन १० बजे राजधानी आइपुग्ने कार्यक्रम छ ।
उपराष्ट्रपति पुनले चीन भ्रमणका क्रममा गत असोज ४ गते छेन्दुमा आयोजित ‘१७ औं पश्चिम चीन अन्तर्रा्ष्ट्रिय मेला’ को उद्घाटन समारोह र बेल्ट एण्ड रोड सम्बद्ध मुलुकको आर्थिक विकासका लागि सहकार्य सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्नु भएको थियो ।
यसैगरी, उहाँले चीनका उपप्रधानमन्त्री हु छुन्ह्वा र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का सिचुवान प्रान्त सचिव छिङहुवासँग भेटघाट गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
भेटघाटमा उपराष्ट्रपति पुनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनु भएको थियो । साथै उहाँले नेपालमा लगानीका लागि चिनियाँ र स म्मेलनमा सहभागी राष्ट्रका व्यवसायीहरुलाई अपिल गर्नु भएको थियो ।