प्रकाण्डको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहस भोलि

प्रकाण्डको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहस भोलि

दुई दिनसम्म दरबार मार्ग प्रहरीमा राखिने

  • सोमवार, अशोज ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

८ असोज, काठमाडौं

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि बहस भोलि असोज ९ गते मात्र हुने भएको छ ।

आइतबबार मिसिल अध्यायन गर्न समय नपुगेको निवेदक पक्षका वकिलले बताएपछि बहसका लागि पेसी चढेन । आज काठमाडौंमा ईन्द्रजात्रा पर्व परेकोले उपत्यकामा सार्वजनिक बिदा दिइएकोले सोमबार पनि बहस नहुने भएको हो ।

नेता प्रकाण्डलाई आइतबारैै उदयपुरबाट विराटनगर हुँदै आन्तरिक विमानमार्फत राजधानीस्थित सर्वोच्च अदालत ल्याइएको थयो । उदयपुरमा उनीमाथि बम विष्फोटको अभियोग लगाइएको छ ।

यसअघि दाङमा लगाइएको विष्फोटक पदार्थ र कर्तव्य ज्यानको अभियोगमा निर्दोष ठहर भई सर्वोच्चको आदेशमा रिहा भएका उनलाई सोही दिन भदौ २९ गते अदालत परिसरबाटै गिरफ्तार गरी उदयपुर लगिएको थियो । आइतबार उनलाई काठमाडौंको दरबारमार्ग प्रहरीमा राखिएको छ ।

सरकारी वार्ता टोलीले उनलाई रिहा गरेर वार्ताको वातावरण बनाउनुपर्ने बताइरहेको अवस्थामा मंगलबारको बहस र सुनुवाईपछि कस्तो परिरस्थिति बन्छ त्यो हेर्न शुभचिन्तक, सर्मथक, नेता–कार्यकर्ता गम्भीर चासोका साथ हेरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ