नेकपाका पोलिटब्यूरो सदस्यद्वय पुन र राईलाई दाङ पुर्याइयो

नेकपाका पोलिटब्यूरो सदस्यद्वय पुन र राईलाई दाङ पुर्याइयो

  • आइतवार, अशोज ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

७ असोज, बुटवल ।

नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्यद्वय पदमबहादुर राई र ओमप्रकाश पुनलाई अर्को अभियोगमा दाङ लगिएको छ ।

राईलाई संखुवासभा र पुनलाई बाँकेबाट रिहाभए लगत्तै कम विष्फोटको अभियोगमा दाङ जिल्ला प्रहरी कार्यालयमा लगिएको हो । दुवै नेतालाई दाङ ल्याइपुर्याएको पुष्टि एसपी हरिकृष्ण शर्माले गरे ।

दुवै नेतालाई झण्डै आधा दर्जन जिल्लामा मुद्दा चलाएर त्यहाँ पुर्याइएको हो । राईलाई गएको असार १६ गते काठमाडौंको नेपालटारबाट खुला कार्यक्रमबाट दिउँसो र पुनलाई असार १९ गते राति ९ बजे लाजिम्पाटबाट गिरफ्तार गरिएको थियो ।

त्यसपछि राईलाई मोरङ, इलाम, भोजपुर हुँदै संखुवासभा र पुनलाई बर्दिया, कैलाली हुँदै बाँकेलगायत जिल्ला घुमाएर अदालतको आदेशपछि छाड्दै र पुनः गिरफ्तार गर्दै आइरहेको छ ।

दुवै नेतालाई गाडीबाट दाङ पुर्याइएको हो । दाङमा उनीहरुमाथि ‘विष्फोटक पदार्थ’ र ‘कर्तव्य ज्यान’को अभियोग रहेको जनाइएको छ । यसअघि नेकपाकै प्रवक्ता प्रकाण्ड, पोलिटब्यूरो सदस्यहरु जीवन्त, गम्भीर र शिलुलाई पनि दाङमा सोही मुद्दा चलाइएको छ ।

तर सर्वोच्च अदालतको आदेशमा उनीहरु सबैले मुक्ति पाइसकेका छन् । जीवन्त र गम्भीरलाई अर्को अभियोगमा शुक्रबारै सर्वोच्च परिसारबाट पुनः गिरफ्तार गरी संखुवासभा लगेका छन् । तर शिलु भने आज रिहा भएकी छन् भने उनीसँगै काभ्रेमा संगठित अपराधको मुद्दा खेपिरहेका केन्द्रीय सदस्य आजाद पनि सर्वोच्चको आदेशमा रिहा भएका छन् । सरकारले वार्ताको आह्वान गरिरहेको बेला विद्रोही नेताहरुको यो रिहाईलाई महत्वकासाथ हेरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ