काठमाण्डौ, ७ असोज ।
नेपाल कम्युनिष्ट पार्टीकी नेतृ पोलिटब्युरो सदस्य उमा भुजेल (शिलु) र केन्द्रिय सदस्य टेक बहादुर के सी (आजात) रिहा हुनुभएके छ ।
सर्बोच्च अदालतले भुजेल र केसीलाई रिहा गर्न माग गर्दै परेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथिको आईतवार बहस पछि सुनुवाई गर्दै दुबैजनालाई रिहा गर्न आदेश दिएको थियो ।
आजादलाई काभ्रे सदरमुकाम धुलिखेल र भुजेललाई सिंहदरबार प्रहरी वृत्तको हिरासतबाट आज सर्वोच्च पुर्याईएको थियो ।
भुजेलको हकमा भाई पदमबहादुर भुजेल र केसीको हकमा श्रीमती सीमा केसीले नेताद्वयलाई बिनाकारण गैरकानूनी रुपमा थुनामा राखेको भन्दै तत्काल रिहाईको माग राखेर रिट निवेदन दर्ता गरेका थिए ।
रिटमाथिको बहसपछि गत हप्ता सर्वोच्चले बाटोको म्याहेक २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सरकार, गृहमन्त्रालयलगायत विपक्षीको नाममा आदेश दिएको थियो ।
भुजेल र केसीलाई तेस्रोपटक गिरफ्तार गरी विभिन्न जिल्ला प्रहरीको हिरासतमा राख्दै आएको थियो । दुवैजनाको रिटमाथि बहस आज प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमकुमार श्रेष्ठको पूर्ण इजलास नम्बर १ मा भएको थियो । बहसपछि दुैजनालाई आज रिहा गरेको हो । रिहा लगत्तै उहाँहरु आ आफ्नो परिवारका साथमा अदालत परिसरबाट बाहिरिनुभएको थियो । उहाँहरुको रिहाईपछि कार्यकर्ताहरुले स्वागत गरेका थिए ।